राजनीतिक अस्थिरताको बिजारोपण कांग्रेसले गरेको मुख्यमन्त्री कार्कीको आरोप

विराटनगर २५ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्य राजनीतिक अस्थिरताको बिजारोपण नेपाली कांग्रेसले गरेको आरोप लगाउनु भएको छ । आज विराटनगरमा जर्नादन मैनाली स्मृती पत्रकारीता पुरस्कार समर्पण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक संकट समाधान कांग्रेसले गर्न सक्ने भए पनि गर्न नचाहिरहेको बताउनु भएको हो । कार्कीले कोशी प्रदेश सरकारको […]

विराटनगर महानगरपालिकाका कर्मचारी आन्दोलित

विराटनगर २५ असोज । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै […]

विराटनगरमा चाडपर्व लक्षित यात्रु सहायतका कक्ष सञ्चालन

विराटनगर २४ असोज । चाड पर्वलाई लक्षित गरेर विराटनगर बसपार्कमा नागरिक सहायता कक्ष सुरु गरिएको छ । चाड पर्वमा बसपार्कमा हुने भीडभाडलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ र वडा प्रहरी कार्यालय (क)ले संयुक्त रुपमा नागरिक सहायता कक्षको सुरुआत गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहाल र वडा […]

‘कांग्रेस र माओवादी दुवै सँग सहमति गर्न तयार छौं, व्यक्तिलाई समर्थन गर्न सकिदैन’ : मुख्यमन्त्री कार्की

विराटनगर २२ असोज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार गठनमा एमालेको दावी नरहने बताउनु भएको छ । संविधानको धारा १६८ को उपधारा ५ मा एमालेको दावी नरहेको उहाँको भनाई छ । उहाँले प्रदेशसभामा रहेका दलहरुसँग सहकार्यका लागि खुल्ला रहेको बताउनुभयो । दलहरुबीच सहमति बन्न नसक्दा प्रदेशमा फरक सन्देश गएको उहाँको भनाई छ । […]

कोशी प्रदेशमा मातृ मृत्युदर कम गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने सांसदहरुको प्रतिबद्धता

विराटनगर २२ असोज । कोशी प्रदेशका सांसदहरुले मातृ मृत्युदर कम गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सांसदहरुले मातृ मृत्युदर कम गर्न आवस्यक वजेट, आवस्यक दक्ष मानवीय श्रोत साधन एवं संरचनागत प्रयासहरुको लागि पहलकदमी लिने बताएका हुन् । विराटनगरमा आज कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, युएनएफपीए, भिएसओ, साझा सवालका लागि साझा मञ्च […]