कटहरीमा खेतीयोग्य जग्गामा अवैध उत्खनन

विराटनगर १६ पुस । मोरङको कटहरी –५ स्थित मोध्रहा टोलमा खेतीयोग्य जग्गा अवैध रुपमा उत्खनन भइरहेको पाइएको छ । जग्गाधनी र स्थानीय सरकारको मिलोमतोमा खेतीयोग्य जग्गा उत्खन्न्गरी माटो निकाल्न थालेपछि स्थानीयवासीहरु आक्रोसित भएका छन् । जग्गाधनी सत्यनारायण साह र स्थानीय सरकारको मिलोमतोमा ठेकेदार विवेक कर्ण र मनोज कार्कीले खेतीयोग्य जग्गामा मापदण्डविपरित माटो उत्खनन गरेका कारण […]

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधिश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गर्नु भएको हो । कार्यालय शुभारम्भ गर्दै निर्वाचन अधिकृत […]

मोरङको धनपालथानमा सामुदायिक खाद्य बैंक शुरु

विराटनगर १४ पुस । मोरङको धनपालथान गाउँपालिकाले सामुदायिक खाद्य बैंक शुरु गरेको छ । विपद्को अवस्थामा सहज रुपले खाद्यवस्तु उपलव्ध गराउन गाउँपालिकामा सामुदायिक खाद्य बैंक संचालनमा आएको हो । विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा खाद्य वैंक संचालनमा आएको हो । गाउपालिका परिसरमा निर्माण गरिएको सामुदायिक खाद्य […]

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन धामीको मन्त्र जस्तो : एमाले अध्यक्ष ओली

विराटनगर १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गर्नुभएको छ । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गर्नुभयो । धामीले मन्त्र पढ्दा […]

तीनै तहको सरकारलाई प्रभावकारी बनाउन राष्ट्रिय सहमति जुटाऊ : मुख्यमन्त्रीहरु

विराटनगर १३ पुस । सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमति सहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । हेटौंडामा भएको भेलाले नौबुँदे साझापत्र तयार पारेको छ, जुन […]