विराटनगर १८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक गन्ध देखिनु नहुने बताउनुभएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापा एवं स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त्त रुपमा आयोजित न्यायिक समितिको प्रदेश स्तरीय तीन दिने कार्यशाला/सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । न्यायिक समिति एक […]
विराटनगर १७ असार । सुकुलबाट स्थापना भएको कोशी प्रदेश सरकारले विकासको गतिलाई निरन्तर रुपमा अघि बढाउँदै लगेको छ । सङ्घीयता स्थापना भएको थोरै समयमा १४ जिल्लाका सदरमुकामसँग सडक सञ्जाल निर्माण गर्न सफल भएको प्रदेश सरकारप्रति जनताको आशाभरोसा तथा विश्वास बढ्न थालेको छ । जनताको अटुट विश्वास र भरोसालाई तोड्न नदिन प्रदेश सरकारले जनतालाई महसुस हुने […]
विराटनगर १६ असार । कोशी प्रदेशले बनाएका कानूनहरूले निर्माणको चरणनै पुरा नगरेको पाइएको छ । कोशी प्रदेशले बनाएका ऐनको अध्ययन र समिक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उक्त तथ्य सार्वजनिक भएको हो । २०८० साल मंसिरसम्म कोशी प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावलीको अध्ययन र समिक्षा गर्न प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय कानून संकायलाई […]
विराटनगर १६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तराई मधेशका लागि चुरे क्षेत्र जीवनको बाँच्ने आधार भएको बताउनु भएको छ । राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई, सलकपुर मोरङद्वारा आज विराटनगरमा आयोजित चुरे संरक्षण प्रदेशस्तरीय स्रोत परिचालन तथा समन्वय समितिको प्र्रथम संयुक्त बैठकको उद्घाटन गर्दै चुरे क्षेत्रमा रहेका खोला नदीका […]
विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार द्रुत गतिमा काम गर्न लागिपरेको बताउनुभएको छ । विराटनगरमा सीता बाल मुकुन्द पोखरेल प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले एक महिनाको अवधिमा विगत ७ महिनामा हुन नसकेको नीतिगत कामहरु गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले एक महिनामा नीति तथा […]