बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या २ सय २८ पुग्यो

विराटनगर १६ असोज । शुक्रबार र शनिबारको भारी वर्षाका कारण देशका धेरैजसो स्थानमा आएको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । अहिलेसम्म बाढी, पहिरो र डुबानबाट २ सय २८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको हो । त्यस्तै २५ जना बेपत्ता छन् भने १ सय ५८ जना घाइते भएका […]

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

विराटनगर १६ असोज । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

विराटनगर १५ असोज । सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । उनका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ […]

मोरङको रंगेली नगरपालिकाद्धारा चालु आर्थिक वर्षको कर संशोधन, तीन वर्षसम्म बृद्धि नगरिने

विराटनगर १५ असोज । मोरङको रंगेली नगरपालिकाले चालु आर्थिक वर्षको करको दर र दायरालाई संशोधन गरेको छ । करको दर र दायरालाई नगरमैत्री बनाउन आज बसेको विशेष नगरसभाबाट चालु आर्थिक वर्ष २०८१–०८२ को दर र दायरालाई संशोधन गरिएको नगरपालिकाले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नगरबासीले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको करको […]

सुनसरी दुहवीको छाला उद्योग बन्द गर्न मानव अधिकार आयोगको सिफारिस

विराटनगर १४ असोज । युनाइटेड लेदर (छाला) उद्योगले प्रदूषण फैलाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन गरी उद्योग बन्द गर्न सिफारिस गरेको आयोगका कोशी प्रदेश कार्यालय प्रमुख वीरबहादुर बुढामगरले बताउनु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले आज विराटनगरमा आयोजना गरेको मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रममा बुढामगरले नागरिकलाई संविधानले स्वच्छ […]