पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा फिर्ता

विराटनगर १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिनु भएको छ । उहाँले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्नुभएको हो । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उहाँ निकट स्रोतले भन्यो । भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा […]

एक अर्व ३१ करोड मूल्य अभिवृद्धि कर छलीको अनुसन्धानको क्रममा व्यापारी वियानी जेल चलान

विराटनगर १८ असार । विराटनगर महानगरपालिका–७ का ३२ वर्षीय सौरभ कुमार वियानी रु एक अर्ब ३१ करोड ६४ लाख मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अनुसन्धानमा पक्राउ गरी जिल्ला कारागार मोरङ चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भूपाल शाक्यले वियानीलाई अनुसन्धानको क्रममा पक्राउ गरि सोमबार कारागार चलान गरिएको जानकारी दिनुभयो । व्यापारी […]

असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

विराटनगर १७ असार । नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन कुर्ने भएको छ । गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ २३ असारसम्म कुर्ने भएको छ । ‘सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । अब संसद् बैठक पनि […]

आम सञ्चार विधेयक पुनरावलोकन प्रतिवेदन हस्तान्तरण

विराटनगर १७ असार । साझा सवालका लागि साझा मञ्च (कोकन) ले कोशी प्रदेश सभामा दर्ता भएको आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ लाई पूनरावलोकन गरि हस्तान्तरण गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी र प्रदेश सभा, न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाललाई कोननका अध्यक्ष मन्जीता उपाध्यायले सोमबार […]

स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी

विराटनगर १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनु भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्य सहभागी हुनु भएको हो । प्रधानमन्त्री ओली र प्रधानमन्त्री साञ्चेजबीच […]