माेरङ सुन्दरहरैचाका १२ उत्कृष्ट ढुकुर जाेडी सम्मानित

सुन्दरहरैचा २९ असार । माेरङकाे सुन्दरहरैचा नगरपालिकाले बर्षका उत्कृष्ट दम्पती (ढुकुर जाेडी) सम्मान गरेकाे छ । नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेर उत्कृष्ट दम्पतीकाे खाेजि गरेकाे थियाे । आवेदन दिएका ४८ जाेडी मध्ये नगरका मापदण्डअनुसार प्रत्येक वडाबाट १/१ जाेडी गरि १२ जाेडीलाई उत्कट दम्पती घाेषणाा गरि आइतबार नगरपालिकाले नगद १०/१० हजारका दरले सम्मानित गरेकाे हाे । […]

मौद्रिक नीतिले निजी क्षेत्रका महत्वपूर्ण माग सम्बोधन गर्यो : मोरङ उद्योग व्यापार संघ

विराटनगर २८ असार । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिले निजी क्षेत्रका महत्वपूर्ण माग सम्बोधन गरेको मोरङ उद्योग व्यापार संघले जनाएको छ । संघका अध्यक्ष अनुपम राठीले जारी गरेको विज्ञप्तिमा बैंकले विगतमा प्रस्तुत सुझाव मनन गर्दै नीति लचिलो र यथार्थपरक बनाएको भन्दै स्वागत गर्नुभयोे । ‘मौद्रिक नीतिले वित्तीय स्थायित्व […]

परोपकारी काम गर्नुपर्छ, मान्छेले मर्दा केही लाँदैन : प्रधानमन्त्री

विराटनगर २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताउनु भएको छ । मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामहरूबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । आज झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘परोपकारी कार्य गर्नुपर्छ । यस कार्यबाट […]

मोरङको ग्रामथानका अध्यक्ष माझीद्धारा दुई वडाध्यक्षलाई गाउँसभा बैठकमा निषेध गर्ने आदेश

विराटनगर २७ असार । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अनुशासन उल्लंघन गरेको भन्दै दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँसभा बैठकमा निषेध गर्ने आदेश दिएका छन् । शुक्रबार सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष माझीले उनीहरूलाई अनुशासनको कारबाही स्वरूप निष्कासन गरेका हुन् । गाउँसभाबाट दुई वडाध्यक्षलाई निष्कासन गरिएपछि […]

विराटनगरबाट एसईईमा ४.० जिपीए ल्याउने १६ विद्यार्थी सम्मानित

विराटनगर २७ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा विराटनगरबाट ४.० जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा आज आयोजित कार्यक्रममा ४ जीपीए ल्याउने विद्यार्थीहरु विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया […]