विराटनगर, १२ साउन । कोशी प्रदेशमा डेङ्गु संक्रमण बढ्दै गएको छ । १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा ३ हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा ३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि […]
विराटनगर, १२ साउन । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ । छलफलमा कोशी प्रदेश सभाका चार जना सदस्यहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो । सो सम्बन्धमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कर्मचारीहरुको उचित व्यवस्थापन […]
विराटनगर ११ साउन । विराटनगरमा ९४ औं संस्करणको रथयात्रा आगामी भदौ १ गते निकालिने भएको छ । वि.सं.१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ९४ वर्षमा पुगेको छ । ९४ औं संस्करणको श्रीराधाकृष्णको रथको आकार ठुलो रहेको रथयात्रा मुल आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले वताउनुभयो । योवर्षको रथको लम्वाई चौडाइ तथा रथको उचाई […]
विराटनगर ११ साउन । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको प्रदेश सरकारले यी पहलहरूले संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको जनाएको छ । […]
विराटनगर १० साउन । प्रहरीले झापामा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले गोली चलाएर एकजना लागूऔषध कारोबारीलाई समातेको हो । ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागूऔषध कारोबारी नेपालतर्फ प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शंकास्पद […]