क्षयरोग नियन्त्रणमा सरकारले पर्याप्त चासो नदिएको गुनासो

विराटनगर १४ मंसिर । ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाले नेपाल सरकारले क्षयरोग नियन्त्रणमा पर्याप्त चासो नदिँदा संक्रमितको संख्या बढ्दै गएको गम्भीर चिन्ता व्यक्त गरेका छन । नेपाल क्षयरोग निवारण संस्था मोरङद्वारा आयोजित कार्यक्रममा विज्ञ एवं चिकित्सकले आगामी पुस्तालाई सुरक्षित राख्न क्षयरोग नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए । […]

सुनसरी गढीको स्वास्थ्य चौकीमा आधुनिक प्रसूति केन्द्र निर्माणका लागि चौधरी फाउन्डेसनको सहयोग

विराटनगर १० मंसिर । चौधरी फाउण्डेशनले सुनसरीको गढी गाउँपालिका–७ स्थिते सत्यमझोरा स्वास्थ्य चौकीको स्तरउन्नती तथा आधुनिक प्रसूति केन्द्रका लागी सामग्रीहरु हस्तान्तरण गरी उद्घाटन गरेको छ । फाउन्डेसनको सहयोगले गढी र आसपासका क्षेत्रका सेवाग्राहीलाई सुरक्षित, सहज र गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवामा पहुँच प्रवर्धन गर्ने चौधरी फाउण्डेशनले जनाएको छ । चौधरी फाउन्डेशनले स्वास्थ्य चौकीलाई आवश्यक […]

विराटनगर महानगरको रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु

विराटनगर १० मंसिर । विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर […]

एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका ग्रीनल्याण्ड कलेजका विद्यार्थी भन्छन्– सफलतामा पुग्न हिम्मत हार्नु भएन

विराटनगर– विराटनगरको ग्रीनल्याण्ड कलेज अध्ययन गरेकी स्मृति खाँले गत वर्ष एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सकिनन् । उनको पहिलो प्रयास असफल भयो । तर, उनलाई त्यतिकैमा रोकिन मन लागेन । फेरि प्रयास गर्ने अठोट लिईन् । गत वर्षको असफलतालाई यस वर्ष सफलतामा पुर्याईन् । दोश्रो प्रयासमा उनले छात्रा तर्फ ५१ औं नम्वरमा नाम […]

स्वामी डा.विकाशानन्दको सहभातिामा मोरङको टंकिसिनवारीमा गरियो योग, ध्यान र साधना

विराटनगर ३० कात्तिक । मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारीमा एकदिवसीय योग, ध्यान, साधना तथा हिप्नोसिस कार्यक्रम आइतबार सम्पन्न भएको छ । टंकीसिनवारी जेसिस सभाहलमा भएको कार्यक्रममा डा.योगी विकाशानन्दले ध्यान, ज्ञान र साधनाका विषयमा जानकारी गराएका थिए । मोरङ पब्लिक स्कुल र बिकाशानन्द फाउण्डेसनको सम्युक्त आयोजनामा भएको कार्यक्रममा २ सय भन्दा बढी मानिसहरुले योग ध्यान र […]