अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा अधिकारकर्मी सम्मानित

विराटनगर २५ मंसिर । ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानव अधिकार सञ्जाल मोरङले दुईजना व्यक्तिलाई सम्मान गरेको छ । मानव अधिकारका क्षेत्रमा दुई दशकदेखि योगदान पुर्याउँदै आएका गैसस महासंघ मोरङका सचिव नवराज निरौला र मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीलाई विशेष समारोह आयोजना गरेर सम्मान गरेको हो । […]

गाई दुहुन घरघरै पुग्छन् मुन्ना

विराटनगर २४ मंसिर । मुन्नाका बुवाआमा सानैमा बिते । बुवाआमा बितेसँगै टुहुरो बनेका मुन्ना सानै उमेरदेखि घरेलु कामदारका रूपमा अर्काको घरमा बस्न बाध्य हुनुभयो । बाध्यताले बालश्रमिक बन्न पुगेका मुन्नाको दैनिकी सानै उमेरदेखि घाँसदाउरा गर्ने र गाई चराउने थियो । त्यही क्रममा उहाँले गाई दुहुन सिक्नुभयो र अहिले त्यही सिप उहाँको जीविकोपार्जन गर्ने बलियो माध्यम बन्यो । हातमा सिप […]

इ-रिक्सा लाइसेन्स चेकजाँच कडाइ गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

विराटनगर २३ मंसिर । विकल्प एन अल्टरनेटिभको आयोजनामा सम्पन्न ई-रिक्सा सवारी चालक प्रमाणपत्र (लाइसेन्स)लाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाबिचमा छलफल कार्यक्रममा सहभागीहरूले ट्राफिक प्रहरीले लाइसेन्स चेकजाँचमा कडाइ गर्नुपर्नेमा जोड दिएका छन्। आज विराटनगरस्थित कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सम्पन्नमा छलफलमा सरोकारवालाहरूले ई-रिक्साको लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा सहजता आए सँगै चेकजाँचमा कडाइ गर्नुपर्नेमा जोड दिएका […]

हुलाकी राजमार्ग : मोरङको रतुवा–केशलिया सडक निर्माणको ठेक्का तोडियो

विराटनगर २३ मंसिर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सूचना मंगलबार जारी गरेको छ । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक […]

प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै कांग्रेसले दायर गरेको रिट सर्वाेच्चमा दर्ता

विराटनगर २३ मंसिर । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वाेच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ । सर्वाेच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो । रिटको पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिनुभयो । प्रतिनिधिसभा पुनस्र्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वाेच्चमा रिट पेस गरेको थियो […]