विराटनगर २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) मोरङको अध्यक्षमा भरत कँडेल निर्वाचित हुनु भएको छ । श्निबार विराटनगरमा भएको प्रथम अधिवेशनमा अध्यक्षका दुई प्रतिष्पर्धीलाई पछि पार्दै कँडेल निर्वाचित हुनु भएको हो ।
कँडेलले २८३ मत प्राप्त गर्नुभयो । अध्यक्षका प्रत्यासीहरु कोषराज खनालले १३४ र सागर फुयाँलले ५६ मत प्राप्त गर्नुभयो । अधिवेशनमा उपसभापति बाहेकका पदहरुमा प्रतिष्पर्धा भएको थियो । उपसभापतिमा विमला वस्नेत निर्विरोध निर्वाचित हुनु भएको छ ।
सचिवमा दिवस नेपाल निर्वाचित हुनु भएको छ । सचिवमा ४ जना आकांक्षी थिए । नेपालले १३० मत ल्याएर निर्वाचित हुनु भएको छ । सचिवका प्रत्यासीहरु सुरेश श्रेष्ठले १२४, बुद्धिनाथ अधिकारीले ११९ र कुमार खुलालले १०३ मत ल्याउनु भएको छ ।
सहसचिवमा सिर्जन ागिरी निर्वाचित हुनु भएको छ । गिरीले ३२३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिष्पर्धी सन्तोष सिंहले १४६ मत ल्याउनु भएको थियो । सदस्यहरुमा ओम प्रकाश श्रेष्ठले २५७ मत , भावना बस्नेत श्रेष्ठले २९४ मत , युवराज ओझाले २५८ मत , लक्ष्मी श्रेष्ठले १९६ मत ल्याएर विजयी हुनु भएको छ ।