विराटनगर ३ कात्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । राती करिब पानै ३ वजे कार्यालय प्रवेश गराइएको बताईएको छ । […]
विराटनगर २ कात्तिक । कोशी प्रदेशका विभिन्न जिल्लाबाट ४ दिनको अवधिमा ४४ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सडकमा कष्टकर जीवन बिताइरहेकालाई मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रूपमा उद्धार गरिरहेको हो । आश्रम र फाउण्डेसनले ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस सडकपेटी’मा भन्ने मूल नाराका साथ मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा […]
विराटनगर २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको एक प्रहरी अधिकृतले बताए । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट […]
विराटनगर २ कात्तिक । सञ्चारकर्मी सञ्चार सहकारी लिमिटेड विराटनगरले १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सहकारीको आज विराटनगरमा सम्पन्न १३ औं बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०–०८१ मा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो । ११८ जना सञ्चारकर्मी सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०८०–०८१ सम्म शेयर पूँजी २४ लाख ३५ […]
विराटनगर १ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार […]