मोरङका पत्रकारले भने,‘ सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य ’

विराटनगर २७ चैत । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको भन्दै मोरङका पत्रकारहरुले असन्तुष्टी जनाएका छन् । निजी सञ्चार माध्यमलाई डर देखाउन तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले सरकारी सूचना निजी सञ्चार माध्यममा रोकेको उनीहरुको भनाई छ । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन […]

इक्युवालिटी कपमा विराटनगर र राजविराजको विजयी सुरुवात

विराटनगर २७ चैत । विराटनगरमा शुक्रबारदेखि सुरु भएको ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा विराटनगर हब र राजविराज हबले विजयी सुरुवात गरेका छन् । नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरले नेपाल क्रिकेट फाउन्डेसन ११ (एनसीएफ) लाई ६० रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २० ओभरको खेल भए पनि पानी परेका […]

श्रममन्त्री साह पदमुक्त

विराटनगर २६ चैत । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले रास्वपाको सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गर्नु भएको हो । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य […]

विराटनगरमा भोलिदेखि पाँचौं संस्करणको इक्युवालिटी कप क्रिकेट हुने

विराटनगर २६ चैत । विराटनगरमा भोलिदेखि पाँचौं संस्करणको इक्युवालिटी कप महिला टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विहान साढे ९ वजे हुने उद्घाटन खेलमा विराटनगर हब र एनसीएफ ११ वीच प्रतिष्पर्धा हुने भएको छ । चैत ३० गतेसम्म हुने प्रतियोगितामा कोशी र मधेश प्रदेशका ४ चार टिमको सहभागिता हुने आयोजक नेपाल क्रिकेट फाउन्डेसनले आज […]

स्वास्थ्यको प्रदेश स्तरिय समीक्षा, परिणाममुखी कार्यक्रम सञ्चालन गर्न मन्त्रीको जोड

विराटनगर २६ चैत । स्वास्थ्यको कोशी प्रदेश स्तरिय एकिकृत अर्धबार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठि आज देखि विराटनगरमा शुरु भएको छ । समीक्षा कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री मानबहादुर लिम्वुले स्वास्थ्यका कार्यक्रम सञ्चालनमा भन्दा पनि परिणाममुखी बनाउनुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रमलाई नतिजामुखी बनाउन उहाँले निर्देशन दिनुभयो । मन्त्री लिम्वुले स्वास्थ्य मन्त्रालयका आगामी प्राथमिकता स्थानीय […]