पार्टीका स्थापित एजेण्डालाई जनता समक्ष लैजान्छौं : अध्यक्ष दाहाल

विराटनगर, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि आफ्ना भूमिका गम्भीर रुपले जनतामाझ राख्ने बताउनुभएको छ । सो पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन पछि उपस्थित पत्रकारलाई सो कुरा उहाँले बताउनुभएको हो । अध्यक्ष दाहालले पार्टीका स्थापित एजेण्डालाई जनता समक्ष लैजान […]

विराटनगर महानगरपालिकासँग बीमाबारे अन्तरक्रिया

विराटनगर २२ साउन । नेपाल बीमा प्राधिकरणले बीमाबारे विराटनगर महानगरपालिकासँग अन्तरक्रिया गरेको छ । सोमबार नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा स्थानीय सरकारसँग बीमा अन्तर्गत अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले नेपालमा पनि विदेशको जस्तै दावी भुक्तानी सहज गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा मोटर बीमामा दाबी भुक्तानी प्रदान […]

विराटनगरमा ट्राफिक लाइट सञ्चालन

विराटनगर २१ साउन । विराटनगरमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । एक महिनाअघि नै जडान गरिएको लाइटको सोमबार बिहान उद्घाटन गरिएको हो । विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछी चोकमा जडान गरिएको लाइटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सोमबार उद्घाटन गर्नुभयो । प्रदेश राजधानी विराटनगरस्थित बरगाछीको सडक सवारीसाधन अत्यधिक […]

भदौ २२ देखि विराटनगर विद्यालय नाटक महोत्सव

विराटनगर २० साउन । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ।विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध […]

महिला जागृति बृद्धाआश्रमलाई लायन्स क्लबद्धारा भवन निर्माणका लागि दुई लाख हस्तान्तरण

विराटनगर १९ साउन । महिला जागृति तथा बृद्धाआश्रमलाई लायन्स क्लब अफ विराटनगर एक्टिभले भवन निर्माणका लागि दुई लाख १६ हजार रुपैयाँ हस्तान्तरण गरेको   छ । बुढीगंगा गाउँपालिका–१ पुष्पलाल चोक स्थित महिला जागृति तथा बृद्धाआश्रममा लायन्स क्लब अफ विराटनगर एक्टिभका अध्यक्ष शुभाषचन्द्र यादवको नेतृत्वमा गएको टोलीले रकम हस्तान्तरण गरेको हो । नेपालमा लायन्स क्लब स्थापना भएको […]