विराटनगर २५ साउन । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आदिवासी जनजातिहरु राष्ट्रिय प्रतिष्ठा र देशको गहना भएको बताउनुभएको छ । शुक्रबार मोरङको रतुवामाईमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आदिवासी जनजातिको प्रतिष्ठालाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति दिवसमा सार्वजनिक विदा दिन सरकारसँग माग गर्ने प्रतिबद्धता […]
विराटनगर २४ साउन । विराटनगर १ परोपकारधाममा भोलि देखि सिंघिया आरती कार्यक्रम शुरु हुँदैछ । परोपकारधाममा हरेक शुक्रबार नियमित रुपमा आरती कार्यक्रम गर्ने गरि कार्यक्रम शुरु हुन लागेको हो । आरती कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । विराटनगरमा धार्मिक पर्यटन र सामाजिक सद्भाव कायम गर्ने उद्देश्य सहित परमार्थ सिंघिया […]
विराटनगर २४ साउन । प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज विराटनगरमा एक समारोहवीच पुरस्कारबाट सम्मान गरिएको छ । पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित रु एक लाख राशिको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र रु एक लाख राशिको धर्म संस्कृति पुरस्कारबाट […]
विराटनगर २४ साउन । विराटनगरबाट एक साताअघि भागेका कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । कोशी अस्पतालबाट भागेका कैदी विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद बुधबार पक्राउ परेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट अहमदलाई पक्राउ गरिएको जानकारी […]
विराटनगर २४ साउन । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मोरङको कानेपोखरीमा रहेको शिक्षा विकास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । बुधबार कानेपोखरी गाउँपालिका वडा नम्बर २ दलेलीमा रहेको विद्यालयमा निर्मित १० कोठे भवनको पोखरेलले उद्घाटन गर्नुभएको हो । सभापति पोखरेलले विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । […]