विराटनगर २८ भदौ । जेनजी आन्दोलनका कारण आगलागी तथा तोडफोड भएका कार्यालयको दैनिक सरसफाई स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले गर्दै आएको छ । विराटनगरको मध्य क्षेत्रको फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको सो संस्थाले अहिले मध्य क्षेत्र अन्तरगतका कार्यालयहरुको सरसफाईमा जुटेको छ । विहान ७ वजेदेखि साँझ सम्म कर्मचारीहरु सरसफाईमा खटिएको स्वास्थ्य र शान्तिका लागि […]
विराटनगर २८ भदौ । जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएको जिल्ला प्रशासन कार्यालय मोरङको पत्रकार महासंघको अगुवाईमा आज विहान सरसफाइ गरिएको छ । शनिबार विहान नेपाल पत्रकार महासंघ मोरङका पदाधिकारी, सदस्यहरु तथा पत्रकार महासंघ कोशी प्रदेशका पदाधिकारीहरुको सहभागितामा सरसफाई गरिएको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनीकारीहरुले आगजनी र तोडफोड गर्दा जिल्ला […]
विराटनगर २८ भदौ । विराटनगरका शैक्षिक संस्थाहरु भोलि देखि सञ्चालनमा आउने भएका छन् । विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले मोरङ जिल्लाको अवस्था सामान्य हुँदै गएकाले निषेधाज्ञा र कर्फ्यू पनि हटाईएकाले भोलिदेखि पठनपाठन शुरु गर्न सूचना जारी गरेको छ । मुलुकको विषम परिस्थितिका कारण भदौ २४ गते देखि बन्द रहेका शैक्षिक संस्था सञ्चालनका लागि सूचना जारी […]
विराटनगर, २८ भदौ । पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री पाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला विराटनगरकै बासिन्दा हुनुहुन्थ्यो । त्यसपछि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले यस सहरलाई राजनीतिज्ञको उर्वर भूमिका रूपमा स्थापित गर्दै प्रधानमन्त्री भएर देशलाई नेतृत्व दिनुभएको थियो । मुलुकको पहिलो […]
विराटनगर २४ भदौ । जेनजी पुस्ताले चर्काएको आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीले आज मोरङका विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेका छन् । प्रर्दशन सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएपछि उनीहरुले कोशी प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कार्यालय परिसरमा रहेका सवारी साधन, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, उच्च अदालत […]