विराटनगर ७ वैशाख । गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर […]
विराटनगर ६ वैशाख । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको छ । चैत २९ र ३० गते विराटनगरमा सम्पन्न ३३ औं बार्षिक साधारणसभा तथा १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम गरिएको हो । पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सञ्जीव सिग्देलले विराटनगर ट्रक व्यवसायी संघलाई नयाँ गति […]
विराटनगर ४ वैशाख । क्रिस्टल माला तथा पाेते बनाउने १२ दिने तालिम सम्पन्न भएकाे छ । विराटनगर महानगरपालिकाे सहयाेगमा न्युपाथिभरा ढाका व्याग उद्योग तथा प्रशिक्षण केन्द्र विराटनगर ५ आयोजनामा भएकाे तालिम २० जना महिलाको सहभागिता रहेकाे थियाे । चैत २१ देखि शुरू भएकाे १२ दिने तालिमका सहभागीलाई क्रिस्टल माला तथा पाेते बनाउने व्यवसायिक सीप दिइएकाे […]
विराटनगर ३ वैशाख । कोशी प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । लगानी सम्मेलन यहि वैशाख १८ र १९ गते विराटनगरमा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा हुने लगानी सम्मेलनमा पर्यटन, उद्योग, सूचना प्रविधि, कृषि, जलविद्युत,पूर्वाधार निर्माण लगायत आठ क्षेत्रका ५४ योजनामा स्वदेशी, […]
विराटनगर ३१ चैत । विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा यूवा व्यवसायी सन्जीव सिग्देल निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का उम्मेदवारलाई २६ मतान्तरले पराजित गर्दै अध्यक्षमा सिग्देल निर्वाचित हुनु भएको हो । उहाँले १२५ मत प्राप्त गर्नु भयो । उहाँका निकटतम् प्रतिष्पर्धी नरबहादुर भण्डारीले ९९ मत प्राप्त गर्नु भएको थियो । विराटनगरमा शनिबार सम्पन्न निर्वाचनको […]