विराटनगर १४ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए […]
विराटनगर १४ । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति ज्यान गएको हो । कारागार प्रशासक गौरव ढुंगेलका अनुसार तामाङलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति करिब १० बजेतिर विराटनगरस्थित कोशी अस्पतालमा भर्ना […]
विराटनगर १४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ । जिल्ला […]
विराटनगर १२ फागुन । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निर्वाचन आयोगले मतदानमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न र सुरक्षा तथा व्यवस्थापनमा सहजता ल्याउन […]
भोजपुर, १२ फागुन । नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । नेकपा (एमाले) का सचिव समेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेट्नु भएको छ । उम्मेदवार राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य […]