विराटनगर १७ पुस । विराटनगर–१८, का शिशिरकुमार यादव वकिलबाट पहिलो जिल्ला न्यायाधीश बन्नु भएको छ । खुला प्रतिस्पर्धाबाट कानुन व्यवसायीलाई पनि न्यायाधीशमा प्रवेश गराउने संवैधानिक परिकल्पनाको १० वर्षपछि पहिलो पटक जिल्ला न्यायाधीशमा ३५ वर्षीय यादव सिफारिसमा पर्नुभएको हो । लोक सेवा आयोगले लिएको लिखित परीक्षामा दुई कानुन व्यवसायी उत्तीर्ण भए पनि न्यायाधीशमा एक मात्र उहाँ […]
विराटनगर १७ पुस । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् […]
विराटनगर १६ पुस । लायन्स क्लब अफ विराटनगर सोसियलले माेरङ रङ्गेली नगरपालिका -१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा ९ र १० का ९३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकाे छ। सोसियलका अध्यक्ष लिला ढुंगेलको नेतृत्वमा विद्यालयमा पुगेको टोलीले विद्यार्थीहरुलई न्यानो कपडा वितरण गरेकाे हाे । सो अवसरमा क्लबका फर्स्ट भाइस प्रेसिडेन्ट शिव रिजाल, सेकेन्ड […]
विराटनगर १६ पुस । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नेपाल र भारतविचमा मात्र सिमित नरहेको बताउनु भएको छ । उहाँले मानव बेचविखन तथा ओसारपसार विश्वव्यापी सवाल बनेको बताउनुभयो । माइती नेपाल विराटनगरको आयोजनामा महानगरपालिका परियोजना सल्लाहकार समितिको आज बसेको बैठकमा प्रमुख कोइरालाले सो कुरा बताउनु भएको हो । उहाँले मानव बेचविखन […]
विराटनगर १६ पुस । डिग्री क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको विभागीय प्रमुखमा उपप्राध्यापक रामचन्द्र अधिकारी नियुक्त हुनु भएको छ । डिग्री क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको पदगत बरिष्ठताका आधारमा विभागीय प्रमुखमा अधिकारीलाई नियुक्त गरिएको हो । प्रमुखको कार्यकाल तीन वर्षको हुन्छ । विभागीय प्रमुख पुष्पाकुमारी मिश्र अनिवार्य अवकासमा गएपछि सो पद रिक्त रहेको थियो । त्रिभुवन विश्वविद्यालय […]