विराटनगर १५ माघ । प्रेस चाैतारी माेरङले वार्षिक कार्ययाेजना बनाएर काम गर्ने भएकाे छ । कार्ययाेजना समेटेर बार्षिक क्यालेन्डर तयार गरिने चाैतारी माेरङले निर्णय गरेकाे छ । मंगलबार विराटनगरमा नवनिर्वाचित कार्यसमिति अध्यक्ष चीना थापाकाे अध्यक्षतामा बसेकाे पहिलाे बैठकले कार्ययाेजना सहितकाे क्यालेन्डर तयार गर्न सचिव नवराज भट्टराईकाे संयाेजकत्वमा सहसचिवद्वय कृष्णचन्द्र सुवेदी र राजकुमारी तामाङ सदस्य रहनु […]
विराटनगर १५ माघ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको आगामी शनिबार विराटनगरमा विमोचन गरिने भएको छ । प्रगतिशिल लेखक संघ नेपाल मोरङको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको विमोचन गर्नु हुने छ । एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक […]
विराटनगर १४ माघ । माइती नेपाल विराटनगरले विराटनगरका ६ वटा वडाका जनप्रतिनिधिलाई मानव वेचविखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको छ । माईती नेपालले सीमा क्षेत्रमा मानव बेचविखनमा पर्नबाट जोगाएका तथा उद्धार गरिएकाहरुमा विराटनगरका वडा नं. २, ३, ६, १२, १३ र १४ नम्वर वडाका किशोरी तथा महिलाहरु देखिएपछि सो वडाका वडा सदस्यहरुलाई लक्षित गरि […]
विराटनगर १३ माघ । विराटनगर १५ का ५१ वर्षीय लक्ष्मण चौधरी (माझी)का दुई छोराहरु (११ वर्ष र ७ वर्ष) गत कात्तिक ९ गतेदेखि घरबाटै बेपत्ता भए । गाउँघरमा तिहारको रमझम चलिरहेको थियो । ३ सय रुपैयाँ लिएर पटका किन्न हिँडेका छोराहरु राती अवेर सम्म घर फर्किएनन् । २ दिन सम्म लक्ष्मणले छोराहरुको बाटो हेर । […]
विराटनगर १३ माघ । नेपाल निजामती कर्मचारी संगठन मोरङको १३ औं जिल्ला अधिवेशनले अध्यक्षमा शालिगराम कोइरालालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिबार विराटनगरमा सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा नरहरी निरौला, सुनिता निरौला, सचिवमा सुरेशकुमार ढुंगेल, ममता कोइराला र कोषाध्यक्षमा पुरुषोतम पौडेल निर्वाचित हुनु भएको छ । […]