ताप्लेजुङमा हट्यो निषेधाज्ञा

विराटनगर १४ फागुन । पाथीभरा केबलकार निर्माणको विषयमा विवाद हुँदा परिस्थिति असहज बनेको भन्दै ताप्लेजुङमा तीन दिनदेखि जारी निषेधाज्ञा आजबाट हटाइएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले फागुन ११ गतेदेखि जारी निषेधाज्ञा हिजो राति ११ बजेबाट लागू हुने गरी हटाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकको […]

अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई

विराटनगर १३ फागुन । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सम्पन्न ८ औं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । आज भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८ ओभर १ बलमा सबै […]

लियो क्लब विराटनगर सेन्ट्रल मेघाले अन्तर कलेज हाजिरीजबाफ गर्ने

विराटनगर १३ फागुन । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजबाफ’ प्रतियोगिता हुने भएको छ । विराटनगरमा आज क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो । विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष आर्यन बाँस्कोटाले जानकारी […]

अर्जुनधाराधाममा २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने

विराटनगर १३ फागुन । झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो । विश्व हिन्दू परिषद् नेपालसँगको सहकार्यमा अर्जुनधारा नगरपालिका–७ स्थित धामको मन्दिर परिसरमा […]

बुढानिलकण्ठ स्कूलकाे ४१ औं अभिभावक दिवस

विराटनगर ९ फागुन । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले नाटक, गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । […]