विराटनगर– अवसर सवैले पाउँदैनन् । अवसर पाएका सवैले काम गर्न पनि सक्दैनन् । कतिपय यस्ता व्यक्तिहरु हुन्छन् । जसले अवसर पाए भने कायापलट नै गरिदिन सक्ने क्षमता राख्छन् । मूलक संघीय संरचनामा गएपछि ०७४ मा प्रदेश सरकारहरु गठन भए । जुन नेपालका लागि नयाँ थियो । ७ प्रदेशले सरकार बनायो । कार्यालय सञ्चालन, कार्य क्षेत्र […]
विराटनगर २० माघ । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आज महिला पत्रकारहरुका लागि स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम गरेको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा, मोरङसँगको सहकार्यमा आयोजित कार्यक्रममा १८ जना महिला पत्रकारहरुले सेवा लिएका छन् । ‘भिआईए’ स्क्रिनिङ तथा स्तन परीक्षणका क्रममा समस्या देखिएकाहरुको विराट मेडिकल कलेजमा थप […]
विराटनगर २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिदैछ । समानुपातिकतर्फको निर्वाचन कार्यतालिका अनुसार माघ २० गते मङ्गलबार (आज) उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगले राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीका ७६ उम्मेदवार बन्दसूचीबाट हटेका छन् । उम्मेदवारमाथि […]
विराटनगर १९ माघ । मोरङ बेलबारीका स्रष्टा प्रकाश भट्टराईले आफ्नो पहिलो कृति ‘गुनासो’ गीतसङ्ग्रह प्रकाशनमा ल्याएका छन् । कोसी साहित्य–कला परिषद् नेपाल प्रकाशक रहेको यो कृति बेलबारीका हालसालै एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ गंगा सुवेदीले साहित्यको कोमल विधाका रूपमा चिनिने गीतलाई […]
जनकपुरधाम, १९ माघ । नागरिक संलग्नता र निर्वाचनसम्बन्धी द्वन्द्वको विश्लेषणमा केन्द्रित ‘चेतना’ परियोजनाअन्तर्गत मधेश प्रदेशको जनकपुरधाममा फोकस ग्रुप छलफल गरिएको छ । होटल जनकपुर इन, रामानन्द चोकमा आयोजना गरिएको कार्यक्रममा निर्वाचनसम्बन्धी द्वन्द्वको विषयमा छलफल गरिएको हो । चेतना परियोजनाको उद्देश्य निर्वाचनसँग सम्बन्धित द्वन्द्व घटनाका विषयमा सहभागीका प्रत्यक्ष अनुभव र धारणा बुझ्नु रहेको आयोजकले जनाएको छ […]