विराटनगर १४ भदौ । शनिबारदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको इन्ट्रा स्कुल पौडी प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
सम्पन्न प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नियमित प्रशिक्षण गराई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको पहिलो दिन शनिवार विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने आइतबार विभिन्न समूहबिच प्रतिष्पर्धा गराइएको हो ।
आइतबार भएका विभिन्न २४ वटा इभेन्टबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० का धावा तामाङ छात्र तर्फ सर्वाधिक गोल्ड मेडल जित्दै खेलको म्यान अफ द म्याच बन्नुभयो भने छात्रा तर्फ कक्षा ८ की आश्ना कटुवाल उमन अफ द म्याच हुनुभएको इन्चार्ज डंगोलले जानकारी दिनुभयो ।
कक्षा ६ र ७ का छात्र तर्फ भएको ५० मिटर फ्रीस्टाईलमा कक्षा ७ का अनुभव दाहाल प्रथम, कक्षा ६ का डेनिश काफ्ले दित्तिय र कक्षा ७ का आरभ आचार्य तृतिय हुनुभयो ।
सोहि कक्षा को २५ मिटर फ्रीस्टाईल छात्रमा कक्षा ७ का आदित्य साह प्रथम, कक्षा ६ का आरध्य झा दित्तिय र कक्षा ७ का स्पन्दन चौधरी तृतिय हुनुभयो ।
२५ मिटर बटरफ्लाईमा कक्षा ६ का श्रीयांश थापा प्रथम, आरभ चौधरी दित्तिय र प्रनव भट्टराई तृतिय हुनुभयो । ५० मिटर ब्रेस्टस्ट्रोकमा कक्षा ७ का पुरव तिम्सिना प्रथमक र आरध्य पाण्डे दित्तिय हुँदा कक्षा ६ का आरभ चौधरी तृतिय हुनुभयो ।
१०० मिटर फ्रीस्टाईलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे दित्तिय हुँदा कक्षा ६ का प्रनव भट्टराई तृतिय हुनुभयो । सोहि कक्षा समूहको २०० मिटर फ्रीस्टाईलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे दित्तिय र कक्षा ६ का श्रीयांश थापा तृतिय हुनुभयो । २५ मिटर ब्रेस्टस्ट्रोकमा आरध्य पाण्डे प्रथम, पुरव तिम्सिना दित्तिय र श्रीयांश थापा तृतिय हुनुभयो ।
२५ मिटर ब्याक स्ट्रोकमा कक्षा ७ का प्रनव भट्टराई प्रथम, अनुभव दाहाल दित्तिय र कक्षा ६ का आरभ चौधरी तृतिय हुनुभयो । पानी मुनिबाट खेलिने २५ मिटर फिन्स इभेन्टमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, कक्षा ६ का श्रीयांश थापा दित्तिय र कक्षा ७ का आरध्य पाण्डे तृतिय हुनुभयो ।
कक्षा ६ र ७ कै समूहबाट छात्रा तर्फ भएको १५ मिटर फ्रीस्टाईलमा कक्षा ७ का आरध्या पोखरेल प्रथम, सदिक्षा ढुङ्गाना दित्तिय र विनिशा लामिछाने तृतिय हुनुभयो । २५ मिटर फ्रीस्टाईलमा कक्षा ७ कि काब्या कार्की प्रथम कक्षा ६ की स्मृति झा दित्तिय र कक्षा ७ की विनिशा लामिछाने तृतिय हुनुभयो ।
छात्रा तर्फ नै कक्षा ८–१० को समूहबाट भएको ५० मिटर फ्रीस्टाईलमा आश्ना कटुवाल (८) प्रथम, सुप्रभा कट्टेल (९) दित्तिय र रश्मी गौतम (८) तृतिय हुनुभयो । २५ मिटर फ्रीस्टाईलमा आश्ना कटुवाल (८) प्रथम, रश्मी गौतम (८) दित्तिय र सुप्रभा कट्टेल (९) तृतिय हुनुभयो । २५ मिटर फ्रीस्टाईल खुलामा आश्ना कटुवाल प्रथम, रश्मी गौतम दित्तिय र सुप्रभा कट्टेल तृतिय हुनुभयो ।
सोहि कक्षा समूहको छात्र तर्फ भएको २०० मिटर फ्रीस्टाइलमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला दित्तिय र हर्षित प्रताप सिंह तृतिय हुनुभयो । १०० मिटर फ्रीस्टाईलमा सुज्ञान कोइराला(१०) प्रथम, हर्षित प्रताप सिंह (१०) दित्तिय र स्वयम राज घिमिरे (९) तृतिय हुनुभयो । ५० मिटर फ्रीस्टाइलमा कक्षा १० मनसुन कार्की प्रथम, आरभ थापा दित्तिइ र अभय थापा मगर तृतिय हुनुभयो । २५ मिटर फ्रीस्टाईलमा धर्मेश चौधरी (१०) प्रथम, सुशान्त राउत (१०) दित्तिय र तनिश मण्डल(९) तृतिय हुनुभयो ।
यहि कक्षा समूहको २५ मिटर बटरफ्लाईमा धावा तामाङ(१०) प्रथम, सुज्ञान कोइराला (१०) दित्तिय र रेहान अन्सारी (९) तृतिय हुँदा ५० मिटर ब्रेष्टस्ट्रोकमा कक्षा १० का सुज्ञान कोइराला प्रथम, रेहान अन्सारी(९) दित्तिय र रुद्र शर्मा (१०) तृतिय हुनुभयो । २५ मिटर ब्याकस्ट्रोकमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला दित्तिय र कक्षा ९ का रेहान अन्सारी तृतिय हुँदा २५ मिटर ब्रेस्टस्ट्रोकमा पनि तामाङ, कोइराला र अन्सारी क्रमश प्रथम दित्तिय र तृतिय हुनुभयो । २५ मिटर फ्रीस्टाईल खुलामा कक्षा ८ का सिद्धान्त यादव प्रथम, मबि शर्मा दित्तिय र भेरी अग्रवाल तृतिय हुनुभयो ।
रिले फ्रीस्टाईल खुलामा समूह ए प्रथम भयो भने समूह सी दित्तिय र समूह बी तृतिय भयो । प्रतियोगिताको निर्णायकको भूमिका कोशी प्रदेश पौडिका मुख्य प्रशिक्षक इन्द्रजीत राजभण्डारी निर्वाह गर्नुभएको थियो । उहाँका अनुसार आगामी राष्ट्रिय प्रतियोगितामा भाग लिन कोशी प्रदेशमा विभिन्न स्थानमा प्रशिक्षणलाई तिब्रता दिइएको छ ।
प्रतियोगिताका विजेताहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल कुन्दन पुरी लगायतले मेडल तथा ट्रफी वितरण गर्नुभएको थियो । प्रतियोगिता अन्तर्गत कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुबिच १५ मिटरदेखि १५०० मिटरका विभिन्न स्पर्धा गराइएको थियो ।