एभरेष्ट स्कुल विराटनगरद्धारा एसईईमा उत्तीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान, अभिभावक र विद्यार्थीको उत्कृष्ट रोजाई बन्दै

विराटनगर १८ असार । एभरेष्ट बोर्डिङ स्कुल विराटनगर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण एकसय ७१ विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । शतप्रतिशत उत्कृष्ट नतिजा निकालेको एभरेष्टका दुई विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले ४.० जीपीए ल्याएका छन् । १७१ परीक्षार्थी मध्ये एकसय ३३ जनाले ३.६१ देखि ४.० सम्मको उच्च जीपीए प्राप्त गरेका छन् […]

आम सञ्चार विधेयक पुनरावलोकन प्रतिवेदन हस्तान्तरण

विराटनगर १७ असार । साझा सवालका लागि साझा मञ्च (कोकन) ले कोशी प्रदेश सभामा दर्ता भएको आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ लाई पूनरावलोकन गरि हस्तान्तरण गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी र प्रदेश सभा, न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाललाई कोननका अध्यक्ष मन्जीता उपाध्यायले सोमबार […]

विराटनगर ८ का जेष्ठ नागरिक स्वास्थ्य अवस्था बुझ्दै जनप्रतिनिधि

विराटनगर १७ असार । विराटनगर महानगरपालिका वडा नंं ८ ले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै आएको छ । वडा कार्यालयले गत वर्षदेखि जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरु गरेको हो । जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य परीक्षण गर्ने, सरकारले निशुल्क उपलब्ध गराएका औषधीहरुबारे जानकारी दिने र जेष्ठ नागरिकको अवस्थाहेरि स्वास्थ्य […]

स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी

विराटनगर १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनु भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्य सहभागी हुनु भएको हो । प्रधानमन्त्री ओली र प्रधानमन्त्री साञ्चेजबीच […]

नेपाल युवा उद्यमी मञ्च विराटनगर र प्रजिअवीच छलफल

विराटनगर १६ असार । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको नवनिर्वाचित टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीसँग परिचयतात्मक कार्यक्रम गरेको छ । विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा पूर्वअध्यक्ष सृजन प्याकुरेल र वर्तमान कार्यसमिति सहितको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग भेटवार्ता एवम् परिचयात्मक कार्यक्रम गरेको हो । सो अवसरमा प्रमुख […]