विराटनगर ९ फागुन । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले नाटक, गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । […]
विराटनगर ८ फागुन । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको घटनामा न्याय माग गर्दै आज साँझ विराटनगरस्थित रानी नाकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । रानी नाकामा अनेरास्ववियु विराटनगर महानगर कमिटीले मैनबत्ती बालेर प्लेकार्ड प्रदर्शन गर्दै न्यायको माग गरेको हो। अनेरास्ववियु महानगर कमिटी […]
विराटनगर ८ फागुन । नवौ निर्वाचन दिवसको अवसरमा प्रदेश निर्वाचन कार्यालय विराटनगरले आज वक्तृत्वकला प्रतियोगिता गरेको छ । निर्वाचनमा यूवाको भूमिका विषयक प्रतियोगितामा सत्यनारायण माविकी यूनिषा गौतम प्रथम भएकी छिन् । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा आदर्श […]
विराटनगर ६ फागुन । विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले सोमबार र मंगलबार विद्यार्थीले विभिन्न परियोजनाहरु प्रस्तुत गरे । उनीहरुले विज्ञान र प्रविधि सम्वन्धी गरेका आविश्कारहरुहरु विस्तृतमा प्रस्तुति पनि दिए । वैज्ञानिक डा. बिष्णु रायमाझी, विद्यालयका प्रिन्सीपल टिकाराम पुरी, अध्यक्ष विनोद ढकाल विद्यार्थीका हरेक स्टलमा पुगे । उनीहरुले राखेका हरेक जिज्ञाशाहरुको जवाफ विद्यार्थीहरुले दिए । […]
विराटनगर ६ फागुन । विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राखेर आज तालाबन्दी गरेका छन् । विराटनगर ५ स्थित विराट बहिरा माविको कक्षा ५ देखि १० सम्म अध्ययनरत एक सय विद्यार्थीले सामुहिक हस्ताक्षर गरि प्रधानाध्यापक मिनु अधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले सवै शिक्षकहरुले सांकेतिक भाषा माध्यमबाट पढाउने र सिकाउने वातावरण […]