एभरेष्टका विद्यार्थी नेताहरुद्वारा सपथ र पदभार ग्रहण

विराटनगर १ जेठ । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका विद्यार्थी नेताहरुको आज एक समारोहका बिच सपथग्रहण र पदभार ग्रहण सम्पन्न भएको छ । एभरेष्ट स्कुलको सभाहलमा आयोजित कार्यक्रममा भर्खरै सम्पन्न निर्वाचनबाट विभिन्न पदमा विजयी भएका नेताहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले सपथ ग्रहण गराउनुभएको हो । शैक्षिक वर्ष २०८३ का लागि चयन भएको नेतृत्वले एक […]

मोरङ प्रशासनअगाडि निर्माण व्यवसायीको धर्ना

विराटनगर १ जेठ । निर्माण सामाग्रीको चर्काे मूल्यवृद्धि, इन्धन खर्चमा अस्वाभाविक वृद्धि र मूल्य समायोजनसम्बन्धी मागलाई सरकारले बेवास्ता गरेको भन्दै निर्माण व्यवसायीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङअगाडि धर्ना दिएका छन् । ब्यानरसहित प्रशासन पुगेका निर्माण व्यवसायी संघ मोरङका पदाधिकारी तथा व्यवसायीहरूले आधा घण्टा धर्ना दिएका हुन् । धर्नामा नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ […]

भारतको जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अनिवार्य परिचयपत्र देखाउनुपर्ने

विराटनगर २६ वैशाख । भारतको जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अबदेखि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ । सीमा सुरक्षालाई मजबुत बनाउन र अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यसहित सुरक्षा निकायले सीमा क्षेत्रमा कडाइ गरेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले शनिबार जोगवनी–विराटनगर सीमा […]

नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहालाई

विराटनगर २६ वैशाख । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट संघको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सम्पन्न दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२०क्रिकेट प्रतियोगिताको उपाधि सिरहा हवले जितेको छ । शनिबार भएको फाइनल खेलमा विराटनगरहवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो । टस जितेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा सवै […]

कोशी प्रदेशमा एचआईभी संक्रमितको संख्या बर्षेनी बढ्दै

विराटनगर २४ वैशाख । कोशी प्रदेशमा एचआईभी संक्रमितको संख्या बर्षेनी बढ्दै गएको छ । स्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रियामा हरेक वर्ष संक्रमितको संख्या बढ्दै गएको जनाएको छ । कोशी प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा २ हजार ६२३ संक्रमित रहेका छन् । २०८०–०८१ म यो संख्या २ हजार ४०७ र २०७९–०८० मा २ […]