एमाले मोरङ आन्दोलित, २२ जनवर्गीय संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

विराटनगर ९ पुस । नेकपा (एमाले) सम्बद्ध मोरङका विभिन्न २२ वटा जनवर्गीय संगठनहरूले वर्तमान सरकारका कदमहरू अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गतेको घटनापछि गठित सरकारले चालिरहेका कदमप्रति गम्भीर आपत्ति जनाइएको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले […]

विराटनगर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु , मार्चपासमा आदर्श प्रथम

विराटनगर ९ पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्चपासमा आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । मार्च पासमा पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय दोश्रो र पोखरिया माध्यमिक विद्यालय तेश्रो भयो । पहिलो, दोस्रो र तेस्रो […]

अपाङ्गताका सवाललाई साझा मुद्धा बनाउन जोड

विराटनगर ९ पुस । अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई साझा मुद्धा बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । अन्तरसंस्था साझा मुद्धा बनाउनुपर्नेमा उनीहरुको जोड छ । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिरहेको कार्य र आगामी दिन गर्न सकिने सहकार्यका विषयमा पुस ८ गते मंगलबार आयोजित बैठकमा सो कुरामा जोड दिईएको हो । बैठकमा […]

सरस्वती र सत्यनारायण अन्तर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

विराटनगर ८ पुस। सरस्वती स्कुल र सत्यनारायण स्कुल चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको पहिलोे सेमिफाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १४ दशमलव […]

पञ्चायतकालिन नेता तथा पूर्व उपप्रधानमन्त्री मण्डलको निधन

विराटनगर, ८ पुस । पञ्चायतकालिन नेता तथा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको आज ८८ वर्षको उमेरमा निधन भएको छ । सामान्य अवस्थामै आज विहान नित्यकर्म सकेर ओछ्यानमा ढल्किएकै अवस्थामा उहाँको निधन भएको पारिवारिक श्रोतले बताएको छ । मोरङ जिल्लाको दक्षिण क्षेत्रमा रहेको साविकको मझारे गाउँ पञ्चायत वडा नं ३ को वडा सदस्यबाट आफनो राजनीतिक जीवन सुरु […]