विराटनगर १५ मंसिर । विश्वमा हरेक वर्ष हुने मृत्यु मध्ये झण्डै ९० प्रतिशत नसर्ने रोगका कारण हुने गरेको विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन, नेपाल र सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा विराटनगर महानगरपालिकाले शुक्रबार आयोजना गरेको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ अभिमुखीकरण कार्यक्रममा बोल्ने विज्ञहरुले मृत्यु हुनेमध्ये नसर्ने रोगका […]
विराटनगर १४ मंसिर । लैंगिक हिंसा अन्त्यका निम्ति सरोकावालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र युएनएफपीएसँगको सहकार्यमा मानव अधिकार सञ्जाल विराटनगरले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले महिला हिंसा अन्त्यका लागि सामुहिक सहकार्य आवस्यक रहेको बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झा, प्रमुख […]
विराटनगर १४ मंसिर । कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परी चुनौती खेपिरहनु परेको वर्तमान सन्दर्भमा जलवायु अनुकुलित कृषिका लागि भू–समय खण्ड (जियोस्पासियल) प्रविधिहरुको एकीकृत प्रयोगका विषयमा चार दिवसीय तालिम विराटनगरमा सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दैपरम्परागत कृषि प्रणालीमा परिमार्जन गरी कृषि कार्यलाई सजिलो पार्न आधुनिक डिजिटल प्रविधिहरुको प्रयोग आवश्यक भएको महसुस गरी तालिमको आयोेजना […]
विराटनगर १४ मंसिर । विश्व एड्स दिवसको अवसरमा माईती नेपालले आज साँझ विराटनगरमा दीप प्रज्वलन गरेको छ । विराटनगर १३ माईती नेपाल चौकमा दीप प्रज्वलन गरिएको माईती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले जानकारी दिनुभयो । दीपप्रज्वलन कार्यक्रममा विराटनगर १३ का वडाध्यक्ष सुर्यलाल यादव, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्दिप वेलबासे तथा स्थानीयवासीहरुको सहभागिता […]
विराटनगर १४ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दुध उत्पादक कृषकका समस्या समाधान गर्ने बताउनु भएको छ । नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशनको ३४ औं स्थापना दिवसमा अवसरमा आज यहाँ आयोजित दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्प सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले कृषकहरुले लिखित रुपमा उपलव्ध […]