विराटनगर १६ फागुन । मोरङ जिल्लामा साना तथा घरेलु उद्योग अन्तर्गत ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालित रहेका छन् । ती उद्योगहरुमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी प्राप्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला […]
उर्लाबारी १६ फागुन । मोरङको उर्लाबारीमा रहेका विद्यालयहरुमा नेपाल र ट्राफिक प्रहरीको जनचेतनामूलक कार्यक्रमलाई व्यापक बनाइएको छ । नेपाल स्काउटको आयोजनामा सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेको हो । पहिलो चरणमा राधिका, अरनिको र सुनपकुवा माविमा कार्यक्रम सम्पन्न गरिएको छ । निजी विद्यालयहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी छ । […]
विराटनगर १५ फागुन । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता फागुन १७ देखि हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट बिथ आउट बाउण्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म सो प्रतियोगिता हुने भएको हो । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी […]
विराटनगर १५ फागुन । कोशी प्रदेशका १३ जिल्लाबाट निवारण भएको हात्तिपाईले झापामा निवारण हुन बाँकी छ । झापाबाट हात्तिपाईले निवारणका लागि उपेक्षित उष्णप्रदेशीय रोग निवारणका क्षेत्रमा कार्यरत संस्थाहरु सक्रिय रुपमा लाग्ने भएका छन् । कोशी प्रदेश, स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा उष्णप्रदेशीय रोग निवारण (एनटिडी) मा कार्य गर्ने संघ सस्थाहरुसँग समन्वय बैठक निर्देशनालयका निर्देशक ज्ञान बहादुर […]
विराटनगर १४ फागुन । मोरङका १० वटा स्थानीय तहमा दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गरिएको छ । अभियानको शुरुवात आईतबार जहदा गाउँपालिका ५ को दुर्गा माविबाट गरिएको थियो । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, जहदा गाउँपालिका उपप्रमुख हन्ना सोरेनले संयुक्त रुपमा अभियानको शुरुवात गर्नु भएको थियो । फागुन १३ देखि २८ गते सम्म […]