मंगोलियामा हुने ११ औं एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको प्रतिनिधित्व, तीन सदस्यीय टोलीको बिदाइ

विराटनगर १५ साउन । मंगोलियामा आयोजना हुन लागेको ११ औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व जनाउने भएको छ । आगामी अगस्त ३ देखि ९ तारिखसम्म (साउन १८ देखि २४ गते) सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपालबाट तीन सदस्यीय टोली मंगोलिया प्रस्थान गर्न लागेको हो । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका बीच […]

कोशी प्रदेशका ७ जिल्लामा कराँतेका प्रशिक्षक शुन्य, झापामा मात्रै १२ जना !

विराटनगर १३ साउन । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ । प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको संख्या र अवस्था हेरेर आवश्यकताको आधारमा रहनु पर्ने प्रशिक्षकहरूको संख्यामा कतै धेरै त कतै शून्य देखिएको  हो । कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्डमातहतका जिल्ला खेलकुद समितिका निर्देशनमा खटिने प्रशिक्षकको संख्या कुनै […]

विराट स्पोर्ट्स जाेनमा गो-कार्ट किड्स च्याम्पियनसीप

विराटनगर १२ साउन । विराट स्पोर्ट्स जाेन विराटनगर ३ मा गो-कार्ट किड्स च्याम्पियनसीपकाे आयोजना गरिएको छ । भाइरल इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र द विज्ञापनको संयुक्त आयोजनामा भएको गो-कार्ट किड्स च्याम्पियनसीपमा बालबालिकाकाे उत्साहजनक सहभागिता रहेको थियाे । बालबालिकाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा जुनियर तर्फ अनुभव खनाल र सिनियर तर्फ सौर्य सिग्देल विजयी भएका […]

विद्यालय स्तरीय टेवलटेनिसमा रविशंकर स्कुललाई तीन विधामा उपाधि

विराटनगर ११ साउन । विराटनगरको श्रीश्री रविशंकर स्कुलले विद्यालय स्तरीय टेवलटेनिस प्रतियोगितामा क्याडेट गल्र्स, सव जुनियर गल्र्स सिंगल र जुनियर गल्र्स सिङल्समा प्रथम भएको छ । मोरङ स्पोर्टिङ क्लव तथा मोरङ जिल्ला भेट्रान्स टेवल टेनिस संघको संयुक्त आयोजनामा आईतबार साँझ सम्पन्न पहिलो एमएससी विद्यालय स्तरिय टेवलटेनिस प्रतियोगितामा रविशंकर स्कुल तीन विधामा प्रथम भएको हो । […]

विराटनगरमा एमएससी विद्यालय स्तरिय टेवलटेनिस प्रतियोगिता

विराटनगर ९ साउन । विराटनगरमा आजदेखि पहिलो एमएससी विद्यालय स्तरिय टेवलटेनिस प्रतियोगिता शुरु भएको छ । मोरङ स्पोर्टिङ क्लव तथा मोरङ जिल्ला भेट्रान्स टेवल टेनिस संघको संयुक्त आयोजनामा टेवलटेनिस प्रतियोगिता शुरु भएको हो । आईतबारसम्म सञ्चालन हुने प्रतियोगितामा जुनियर क्याडेट, सवजुनियर क्याडेटका साथै खुल्ला र ४० वर्षमाथि उमेर समूहको भेट्रान्सवीच प्रतिष्पर्धा भईरहेको मोरङ स्पोर्टिङ क्लवका […]