संघीय सरकारले २० खर्बको बजेट ल्याउँदै

विराटनगर १५ जेठ । अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट आज सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेटमार्फत दिगो आर्थिक […]

प्रतिनिधिसभा निर्वाचनमा प्रति मतदाता खर्च २६३ रुपैयाँ

विराटनगर ११ जेठ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण,निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । निर्वाचन आयोग, नेपालद्वारा आज विराटनगरमा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन –२०८२ कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरुले प्रदेशभरिका मतदान केन्द्रहरूमा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरूको परिचालनमा आएका […]

कोशी प्रदेशको अर्थतन्त्रको आकार १० खर्ब ४३ अर्ब ११ करोड

विराटनगर ७ जेठ । कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने अनुमान गरिएको छ । प्रधानमन्त्रीको तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय तथ्याङक कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा बुधबार विराटनगरमा आयोजित प्रादेशिक लेखा अनुमानहरुको प्रदेशस्तरीय सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले सो तथ्याङक प्रस्तुत गर्नु भएको हो […]

कालाबञ्जरमा विजय लघुवित्तकाे वित्तीय साक्षरता कार्यक्रम

विराटनगर १ जेठ । विजय लघुवित्त वित्तीय संस्थाले सुनसरीको बराहक्षेत्र ५ कालाबञ्जरमा आफ्ना ग्राहक सदस्यहरूका लागि वित्तीय सारक्षता कार्यक्रम गरेकाे छ । वैशाख ३० गते ब्ल्यु स्काइ पार्टी प्यालेसमा आयोजना गरिएकाे कार्यक्रममा घरायसी बजेट, बचत, कर्जा, बीमा, विप्रेषण, वित्तीय अनुशासन, डिजिटल वित्तीय सेवा, कालोसूची सम्बन्धी जानकारी, लघु उद्यम तथा व्यवसाय योजना निर्माण, जोखिम व्यवस्थापन लगायतका […]

मोरङ प्रशासनअगाडि निर्माण व्यवसायीको धर्ना

विराटनगर १ जेठ । निर्माण सामाग्रीको चर्काे मूल्यवृद्धि, इन्धन खर्चमा अस्वाभाविक वृद्धि र मूल्य समायोजनसम्बन्धी मागलाई सरकारले बेवास्ता गरेको भन्दै निर्माण व्यवसायीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङअगाडि धर्ना दिएका छन् । ब्यानरसहित प्रशासन पुगेका निर्माण व्यवसायी संघ मोरङका पदाधिकारी तथा व्यवसायीहरूले आधा घण्टा धर्ना दिएका हुन् । धर्नामा नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ […]