विराटनगर २६ साउन । प्रदेश सरकारबारे भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नको लागि एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ५ बुँदे निर्देशन जारी गरेका छन ।
आज ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न भनेका हुन । सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रालय छनोटको आधार पनि दिएका छन । सरकार गठन गर्दा सीट सङ्ख्यालाई मुख्य आधार बनाउन भनिएको छ ।
दुई दलको सहकार्यले सङ्ख्या नपुगे आपसी सहमतिमा तेस्रो दल सहभागी गराएर मन्त्रालय बाँडफाँट गर्नुपर्ने पत्रमा उल्लेख छ ।