विराटनगरमा टिभीएस अरविटर इलेक्ट्रिक स्कुटर सार्वजनिक

विराटनगर २७ साउन । जगदम्बा मोटर्सले विराटनगरमा टिभीएस अरविटर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्सको आधिकारिक विक्रेता पश्र्वनाथ डेभलपर्सका प्रवन्ध निर्देशक प्रशान्त तातेडले एक कार्यक्रमकावीच इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्नु भएको हो । इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै उहाँले विराटनगरमा टिभीएस अरविटर सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताउनुभयो । अरविटरले दुईपाङ्ग्रे इभी बजारमा अग्रणी बन्ने कम्पनीको यात्रालाई थप मजबुत बनाउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

टिभीएस अरविटरको बजार मूल्य २ लाख ८१ हजार ९ सय रहेको छ । केही समयका लागि खरिदमा छुट दिईएको जगदम्बा मोटर्सका रिजनल म्यानेजर अर्जुन खनालले बताउनुभयो । उहाँले अरविटर सार्वजनिक भएसँगै दिगो मोविलिटी समाधानलाई तीव्र रुपमा अपनाईरहेको बजारमा इभी उत्पादन पोर्टफोलियोलाई अझ बलियो बनाएको बताउनुभयो ।

टिभीएस अरविटर नेपालमा तीन रंगमा उपलब्ध रहेको बताईएको छ । ३ दशमलव १ किलोवाट ब्याट्री सहितको टिभीएस अरविटरले १५८ किलोमिटरको प्रभावशाली आईडिसी रेञ्ज दिने कम्पनीले जनाएको छ ।