धनपालथान– मोरङको धनपालथानका धेरै जनसंख्या कृषि पेसामा संलग्न छन् । कृषि पेशामा नयाँ-नयाँ प्रविधि भित्रिएसँगै किसानहरु कृषि पेशामा नै निर्भर रहेका छन् ।
धनपालथानका कृषकहरु पनि आधुनिक कृषि प्रणाली अपनाएर अहिले कृषि व्यवसाय गर्दै आएका छन् ।
केहि समय अगाडि धनपालथानका किसानहरु सिँचाई सुविधा नभएका कारण आधा हिस्सा ओगटेको कृषि व्यवसाय पनि संकटमा पर्दै गएको थियो ।
गाउँपालिका कार्यालयका अनुसार यो गाउँपालिकाका ८० प्रतिशत मानिसहरु कृषिमा निर्भर छन् ।
गाउँपालिकाले कृषकहरुका लागि ठाउँ-ठाउँमा बोरिङ जडान गरेपछि अहिले कृषकहरुमा उत्साह थपिएको छ । यस अघि सिँचाई नभएका कारण धेरै कृषकहरुको खेत बाँझो नै रहन्थ्यो । जस्का कारण उत्पादनमा समेत कमि हुने गथ्र्यो ।

किसानहरु अकासे पानी र सुनसरी–मोरङ सिंचाइ आयोजनाद्वारा सञ्चालित बरियाती शाखा नहरको पानीले खेति गर्दे आएका थिए । समयमा नहरको पानी र अकासे पानी नभएपछि कृषकहरु त्यस बेला समस्यामा पर्ने गथ्र्यो ।
अहिले पालिकाले अनुदानमा बोरिङ दिएपछि केही सहज भएको धनपालथान–६ का कृषहरु शम्भु सिंहले बताए ।
धान, मकै गहुँलगायतका खेती गरेर गुजारा चलाउने किसानहरुको मुख्य पेसा नै खेति भएपछि उनीहरु आफना बालबच्चा पढाउन, स्वास्थ्य उपचार र घर चलाउनै मुख्य आमदानीको स्रोत पनि खेती नै रहेको कृषकहरु बताउँछन् ।
यता कृषकहरुको समस्यालाई मध्य नजर गरेर पालिकाले वर्षेनी सिँचाईका लागि बजेट विनियोजन गर्दै आईरहेको पालिकाकी उपाध्यक्ष नसिमा बानो भन्नुहुन्छ,”धनपालथान गाउँपालिका ९० प्रतिशत कृषि भू-भागले नै ओगटेको छ । त्यस कारण पहिलो प्राथमिकता कृषि क्षेत्रलाई दिएका छौं ।”
किसानहरुलाई खाद, मल समयमा उपल्ब्ध गराउन नसके पनि सिँचाईमा कुनै कमी हुन नदिने उपाध्यक्ष बानोले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले कृषकहरुका लागि पालिका जहिले पनि अग्रभागमा रहेर काम गरिरहेको बताउनु भयो ।
पालिका क्षेत्रभित्रका किसानलाई सुनसरी-मोरङ सिंचाइ आयोजनाद्वारा सञ्चालित बरियाती शाखा नहरबाट सिँचाइको लागि चाहिएको पानी आवश्यकताअनुसार पुर्याउन नसकेको नहरका शाखा अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयाे । नहर शाखाका अध्यक्ष श्रेष्ठका अनुसार हालको अवस्थामा नहरको आवश्यक संरचनागत सुधार नगरे सिँचाइ सेवा नै ठप्प हुने छ । नहरको अर्को विकल्प पालिकाले किसानहरुका लागि बोरिङ जडानको काम निकै नै सर्हानिय रहेको उहाँले प्रशंसा गर्नुभयो ।

धनपालथान गाउँपालिकाका कृषि शाखाका प्रमुख नरेश साहका अनुसार पहिले किसानहरु वर्षा र नहरको पानीको भरमा धान, गहु, जुट लगायतको खेती गर्दै आएपनी अहिले किसानहरु आधुनिक र ब्यवसायिक रुपमै धान, गहुँ, मकैलगायत तरकारी खेति बोरिङ सिँचाइको भरमा खेती गर्न थालेका छन् । तर किसानलाई समयमा सिँचाइको लागि आवश्यकता अनुसार पानी पुर्याउन नसक्दा धनपालथानमा उब्जाउमा समस्या हुने र खाद्यान्न संकट हुन सक्ने उहाँले बताउनुभयो ।
वर्षा मौसममा पर्याप्त पानी भए पनि सुख्खा मौसममा पानी कम हुने गरेको धनपालथान-७ का कृषक प्रमोद शर्माले बताउनुभयाे। अहिले पालिकाको सहयोगमा बोरिङ जडान भएपछि धान, मकै, गहुँलगायत हिँउदै खेती गर्न केही सहज भएको उहाँले बताउनुभयो । उहाँहरु त उदाहरणकाे पात्र मात्र हुन, उहाँहरु जस्तो धनपालथानका सयौं कृषकहरु यति वेला बोरिङबाट सिँचाई गर्न पाउँदा निकै नै खुशी छन् ।
पालिकाले सिँचाईको व्यवस्था गरेपछि पछिल्लो समय कृषकहरु मकै, गहुँ, धानखेति तर्फ आकर्षण बढ्दै गएको छ ।
सुनसरी मोरङ सिँचाई आयोजनाबाट सुञ्चालित शाखा नहरबाट बाली लगाउन धनपालथानका कृषकलाई एक सिजनमा कुल १५ घन मिटर पानी आवश्यक पर्छ । वर्षायाममा पानी प्राप्त भए पनि सुख्खा मौसममा ५-६ घनमिटर पानी मात्र दिन सकेको अवस्था रहेको छ । पालिकामा अहिले किसानहरु पानी चाहिने बाली बढी मात्रामा लगाउन थालेपछि सुख्खा मौसममा पानीको माग बढने गरेको कृषि शाखा प्रमुख साहको भनाई छ । सुख्खा मौसममा कम्तिमा १५ देखि २० घन मिटर पानीको सुनिश्चितता गर्न सके किसानलाई राहत हुने शाखा प्रमुख साहले बताउनुभयो ।
धनपालथानमा २ वर्ष अगाडी करिब ८६ प्रतिशत क्षेत्रफलमा किसानहरुले धान रोपाइँ गरेका थिए । अहिले पालिकाले किसानको २५ प्रतिशत लागत र ७५ प्रतिशत पालिकाको अनुदानमा बोरिङ उपलब्ध गराएपछि अघिल्लो वर्षको भन्दा यस वर्ष ४ प्रतिशत बढी किसानहरुले खेति गर्न थप इच्छुक देखिएको कृषि शाखाको तत्थ्याङ्कमा उल्लेख छ ।
पालिकाले सिँचाईको व्यवस्था गरेपछि पछिल्लो समय कृषकहरु मकै, गहुँ, धानखेति तर्फ आकर्षण बढ्दै गएको छ । किसानहरुले लगाउने बालीहरु मध्यकै प्रमुख हो धानबाली हाे । धानखेति गर्ने कृषकलाई कृषि शाखाले प्रोत्सानस्वरुप कृषकहरुका लागि विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । मकै, गहुँ, र धानखेती गर्ने कृषकलाई मागको आधारमा सिँचाईका सामग्रीहरु उपलब्ध गराउने गरिएको छ ।
धनपालथान-५ का ताजी सरदारले पालिकाले अघिलो वर्षदेखि समयमा सिँचाई गर्न बोरिङ उपलब्ध गराएपछि, धान रोपाइँ समयमा नै हुने र धान राम्रो फल्ने बताउनुभयाे। अहिले किसानहरुले कान्छी धान, मनसुली, राधा-१२, विवि–११, वासमतीलगायतका धान रोपाई गर्ने तयारीमा छन् । पालिकाले बोरिङ जडान गरेपछि धनपालथान कृषि शाखाले अघिलो वर्ष भन्दा यस वर्ष ३५ प्रतिशत बढी धान उत्पादन हुन सक्ने निष्कर्ष समेत निकालेको छ ।
पालिकाले बोरिङको व्यवस्था गरेपछि अहिले धनपालथानका किसानहरु, मकै, गहुँसंगै चैते धानखेति तर्फ पनि आकर्षित हुन थालेको छ । किसानहरुले लगाउने बालीहरु मध्यकै प्रमुख हो, धान बाली हाे । जुन वर्षको २ पटक धनपालथानका किसानहरुले धान उत्तपादन गर्न थालेका छन् ।
पालिकाले सिँचाई सुविधा उपलब्ध गराएपछि कृषकहरुका लागि, धानवाली, तरकारी बाली गरी २ वटा पकेट कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ
धनपालथान गाउँपालिका कृषि शाखाका प्रमुख साहका अनुसार कोशी प्रदेश सरकारको ६६ लाख अनुदान सहित पालिकाकाले १ करोड ३८ लाख, ७६ हजार ५२ रुपैयाँ ६० पेसा लागतमा वडा नंः १ मा ५ एउटा, वडा नम्बर २ मा ११ एउटा, वडा नम्बर, ३ मा १८ एउटा, वडा नम्बर ४ मा ९ एउटा, वडा नम्बर ५ मा ६ एउटा वडा नम्बर ६ मा ११ एउटा, र वडा नम्बर ७ मा १० एउटा गरी जम्मा ७० एउटा बोरिङ जडान गरेको छ ।
धनपालथानको कुल क्षेत्र फल ७ हजार २७ हेक्टर मध्ये खेतियोग्य जग्गा ५ हजार ७६ हेक्टर क्षेत्रफलमा ९० प्रतिशत किासनहरुले खेति गर्दै आइरहेका छन् ।
धनपालथानका कृषकहरुलाई ३७ वटा मोटर, १ सय ९० वटा स्प्रेयर वितारण गरेको प्रमुख शाहले जानकारी दिनुभयो । पालिकाले प्रत्येक वर्ष सिजनल, तरकारी, धान, गहुँ, मकैको विऊहरु अनुदानमा वितरण गर्दे आईरहेको छ ।
पालिकाले सिँचाई सुविधा उपलब्ध गराएपछि कृषकहरुका लागि, धानवाली, तरकारी बाली गरी २ वटा पकेट कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ ।
धनपालथानको कुल क्षेत्र फल ७ हजार २७ हेक्टर मध्ये खेतियोग्य जग्गा ५ हजार ७६ हेक्टर क्षेत्रफलमा ९० प्रतिशत किासनहरुले खेति गर्दै आइरहेका छन् ।
पालिकाले बोरिङ जडान गरेपछि अहिले ४ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा किसानहरुले सिँचाई गर्दे आईरहेको कृषि शाखाको तत्थ्याङ्कमा उल्लेख छ ।
असिंचित जग्गा १ हजार १ सय ५५ हेक्टर क्षेत्रफल रहेको छ । धनपालथानमा जम्मा कृषक संख्या ६ हजार ९ सय ३५ जना रहेको छ । भने जम्मा किक्ता संख्या १७ हजार ८ सय ७४ रहेको छ । पालिकाको मुख्य आम्दानी स्रोत नै कृषि हो । तसर्थ कृषि क्षेत्रको विकास प्रवद्धर्न गर्न बाँकीर रहेका असिंचित जग्गाहरुमा समेत सिँचाई तर्फ लगानी आवश्यक छ ।
कृषकहरुलाई उत्साहित बनाउन स्थानीय सरकारले मल विउविजन समयमा उपल्ध गराउनुपर्ने माग समेत हुन थालेको छ ।
