विराटनगर २२ चैत । ग्रीनल्याण्ड कलेज विराटनगरका विद्यार्थीले आज ‘पोष्टर प्रिजेन्टेसन’ गरेका छन् । कक्षा १२ को विज्ञान संकाय अन्र्तगत रसायन शास्त्रका विद्यार्थीले अर्गानिक केमिकल रियाक्सन संवन्धि पोष्टर प्रिजेन्टेसन गरेका हुन् ।
पोष्टर प्रिजेन्टेसन कार्यक्रमबाट विद्यार्थीले एउटा अर्गानिक केमिकल अर्को अर्गानिक केमिकलमा कसरी रुपान्तरण गर्ने विषयमा समूहगत रुपमा प्रस्तुती दिएका थिए । अर्गानिक केमिकल रियाक्सनको प्रस्तुतीले आउँदै गरेको कक्षा १२ को बोर्ड परीक्षामा विद्यार्थीलाई सहयोग पुग्ने कलेजका निर्देशक पवन साहले बताउनुभयो ।
बोर्ड परीक्षामा अर्गानिक रियाक्सनबाट करिव ६० प्रतिशत प्रश्नहरु आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एउटा औषधिबाट अर्को औषधिमा कसरी रुपान्तरण गर्ने, एउटा विषादीबाट अर्कोमा कसरी रुपान्तरण गर्ने , औषधीहरु कसरी बनाईन्छ भन्ने कुरा विद्यार्थीले सिकेका छन् ।’ आधुनिक प्रविधिहरुमा रसायनको प्रयोग हुने गरेको छ । यसको प्रयोगबारे पनि विद्यार्थीले प्रस्तुती दिएको निर्देशक साहले बताउनुभयो ।
ग्रीनल्याण्ड कलेजले पहिलो पटक आयोजना गरेको कार्यक्रम निकै प्रभावकारी भएको पाईएको प्रिन्सीपल दिनेश दाहालले बताउनुभयो । विद्यार्थीको प्रस्तुतीले व्यवहारिक रुपमा सिकाईलाई जोड्ने र सिकाईलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।
११ वटा समूहमा विद्यार्थीले प्रस्तुती दिएको पिन्सीपल दाहालले बताउनुभयो । प्रस्तुतीबाट उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार पनि दिईएको थियो ।