मोरङका ४ पत्रकारलाई विकल्पद्वारा फेलोसिप हस्तान्तरण

विराटनगर ९ असोज । विकल्प एन अल्टरनेटिभले मोरङका ४ जना पत्रकारलाई लेखनबृत्ति (फेलोसिप) वितरण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि विकल्पले इन्टरनेसनल अलर्टसँग सहकार्यमा ४ जना पत्रकारलाई ५०–५० हजारको दरले फेलोसिप वितरण गरेको हो । फेलोसिप प्राप्त गर्ने पत्रकारहरूमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्ट तथा मुलुकी खवरका […]

विराटनगर महानगरद्धारा पालमुनिबाटै इजलास सञ्चालन

विराटनगर ८ असोज । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले विराटनगर महानगरपालिकाको भौतिक संरचनामा गम्भीर क्षति पुर्याएपछि आजदेखि पालमुनिबाट इजलास शुरु गरिएको छ । महानगरपालिका कार्यालयमा रहेको इजलास जलेर नष्ट भएकाले अस्थायी रूपमा पाल टाँगेर इजलास सञ्चालन गर्न थालिएको हो । आजदेखि न्यायिक समिति संयोजक तथा महानगर उपप्रमुख शिल्पा निराला कार्की र न्यायिक समिति सदस्य तिर्थेन्द्र […]

दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै

विराटनगर ८ असोज । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि […]

पूर्व नगर प्रमुख ढकालको पहलमा सुन्दरहरैचा नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

विराटनगर ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई आज कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० […]

मोरङ प्रशासनले भोलि देखि आंशिक सेवा शुरु गर्ने

विराटनगर ७ असोज । जेनजीको आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङले भोलि देखि आंशिक सेवा शुरु गर्ने भएको छ । मोरङ प्रशासनले बुधवार देखि नावालक परिचय पत्र, जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिस सम्बन्धी सेवा सञ्चालन सुचारु गर्ने सूचना मार्फत जानकारी दिएको छ । भदौ २३ र […]