प्रदेश नं. १ को नामकरण : प्रदेश सरकारको आह्वानमा सर्वदलीय बैठक

विराटनगर, २४ असार । प्रदेश नंं. १ को नामकरणका लागि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो । बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले […]

विराटनगरकी निवर्तमान उपमेयर, प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी र्पुयाई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको हो […]

जहदाका ३३ किसानलाई कृषि सामग्री हस्तान्तरण

विराटनगर, २१ असार । मोरङको जहदाका करिव तीन दर्जन किसानलाई कृषि सामग्री वितरण गरिएको छ । जहदा गाउँपालिका १ बुधनगरकोे जय किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध रहेका ३३ कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको हो ।मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृषि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु […]

धनकुटाकी हिमा बस्नेत प्रदेशसभा सदस्यमा मनोनित

विराटनगर, २१ असार । धनकुटाकी हिमा बस्नेत (भट्टराई) प्रदेशसभा सदस्यमा मनोनित हुनुभएको छ । प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि खातुनले राजिनामा दिएपछि समानुपातिक तर्फ एउटा सिट खालि भएको थियो । नेकपा एमालेको समानुपातिकबाट प्रदेश […]

विराटनगर महानगरद्वारा निर्माणाधीन संरचनाको अनुगमन तीव्र

विराटनगर, २० असार । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण सम्पन्न गर्ने प्रवृत्ति रहँदै आएको छ । ठेकेदार कम्पनीको यसै प्रवृत्तिलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले निर्माणको अनुगमनलाई तीव्रता दिएको छ । महानगरले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारको भुक्तानी रोक्ने तयारी थालेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको […]