महानगरका मेयर कोइराला र अमेरिकी राजदूत थोम्सनबीच भेटवार्ता

विराटनगर १९ माघ । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताउनु भएको छ । विराटनगर महानगरका प्रमुख नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले शिक्षा […]

पीएलओमा अल्फाको लगानी, ५ लाख कित्ता शेयर जारी गरिने

विराटनगर १९ माघ । पूर्वाञ्चल ल्युव आयल ( पीएलओ) ले सर्वसाधारणका लागि ५ लाख कित्ता शेयर जारी गर्ने भएको छ । पीएलओको आईपीओ आगामी साउनमा आउने भएको छ । ५ लाख कित्ता मध्ये ५० हजार सुन्दरहरैचाका बासिन्दाका लागि र ५० हजार पीएलओका कर्मचारीका लागि छुट्याईएको छ । शेयर जारी गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर […]

मोरङमा फागुन ११ देखि हात्तीपाईले रोग विरुद्धको औषधि खुवाईने

विराटनगर १८ माघ । मोरङमा आगामी फागुन ११ गतेदेखि हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियान सञ्चालन गरिने भएको छ । १५ दिन सम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले आज जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ । १७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजकहरुको सहभागितमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने अभियानलाई […]

विराटनगरमा हृदेन्द्र पार्क निर्माणको प्रक्रिया सुरु

विराटनगर १८ माघ । विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको छ । सोही अध्ययन प्रतिवेदनका आधारमा महानगरले पार्क निर्माण गर्नेछ । मंगलबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको […]

मेयर कोइरालाको नेतृत्वमा विराटनगरका क्यासिनोको आकस्मिक अनुगमन

विराटनगर १८ माघ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ । उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन मैनाली, सचिवालयको टिमसहित पुगेको मेयर कोइराला नेतृत्वको टोलीले रत्ना होटल र विग होटलमा सञ्चालित […]