विराटनगर २९ चैत । आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्वबजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ । महानगरले आज सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो । पूर्वबजेट छलफलमा आएका सुझावअनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन […]
विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घर तोडफोड घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । कोशी प्रदेश नामकरणको विषयलाई लिएर मन्त्री राजभण्डारीको काठमाण्डौं पेप्सीखोलामा रहेको घरमा आज विहान साढे ८ वजेतिर छापामार शैलीमा केही व्यक्तिहरुले घर तोडफोड गरेको घटनाप्रति एमाले सोलुखुम्वुले आज विज्ञप्ती निकालेर विरोध जनाएको हो । सोलुखुम्वुबाट प्रदेशसभामा […]
विराटनगर २९ चैत । कोशी अस्पताल विराटनगरमा मृर्गाैला प्रत्यारोपण सेवा शुरु हुने भएको छ । सेवा सञ्चालनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगरवीच मंगलबार सम्झौता भएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिनुभयो । कलेजो र मृगौला प्रत्यारोपण नेपालमा शुरु भईसकेको भएता […]
विराटनगर २८ चैत । विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो । तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का […]
विराटनगर, २८ चैत । सुरक्षित गर्भपतन अपराध होइन अधिकार भएको आज विराटनगरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीन दिने सुरक्षित गर्भपतन सम्वन्धी मूल्य मान्यता र व्यवहार रुपान्तरण सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी सो विचार राख्नु भएको हो । प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एव […]