कोशी प्रदेशमा १ लाख ३० हजार मत बदर

विराटनगर २८ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशमा समानुपातिकमा भन्दा प्रत्यक्ष तर्फ मत बदर बढी भएको छ । प्रत्यक्ष तर्फ २० लाख ८४ हजार २१९ मत खसेकोमा १ लाख ३० हजार ८४७ मत बदर भएको छ । समानुपातिक तर्फ ९८ हजार ३३४ मत बदर भएको छ । प्रत्यक्ष तर्फ कुल सदरको ६ दशमलव […]

नेपाल भाषाको संरक्षणमा योगदान गर्ने ठिमीका लाछीलाई दुई लाखको सुदर्शन –कोपिला पुरस्कार

विराटनगर २७ फागुन । नेपाल भाषा,संस्कृति,कला साहित्यमा महत्वपूर्ण योगदान दिने भक्तपुर थिमी निवासी गणेश राम लाछीलाई रु दुई लाख राशिको सुर्दशन–कपिला सिरपा पुरस्कारबाट सम्मान गरिने भएको छ । झी पुचः ( नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज विराटनगरमा आयोजित पत्रकार सम्मलनमा प्रत्येक दुई वर्षमा प्रदान गर्दै आइरहेको उक्त पुरस्कार लाछीलाई यही फागुन २९ गते […]

उदयपुर २ बाट निर्वाचित तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा

विराटनगर २७ फागुन । उदयपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद (प्रतिनिधिसभा सदस्य) निर्वाचित भएका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ । उदयपुरको निर्वाचन क्षेत्र नम्बर–२ मा विजयी बनेका तामाङले १४ हजार ८०२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी ७ हजार ६४८ मतमा रोकिएका थिए । नेपाली कांग्रेसका उम्मेदवार […]

६ दल बने राष्ट्रिय पार्टी

विराटनगर २७ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फमा ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी हावी हुँदा कांग्रेस एमालेसहित अन्य दलहरू खुम्चिएका छन् । थ्रेसहोल्ड कटाउनेमा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा रहेका छन् । कुल १ करोड ७ लाख ८५ हजार ८७६ […]

संखुवासभा जिल्ला स्तरिय खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिताको उपाधि हिमचुली र चप्लेटी युवा क्लवलाई

विराटनगर २७ फागुन । संखुवासभा जिल्ला स्तरिय खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिताको उपाधि हिमचुली र चप्लेटी युवा क्लवले जितेका छन् । ११६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गतेदेखि संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ७ मा आयोजित प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ हिमचुली र महिला तर्फ चप्लेटीले उपाधि जितेको […]