ज्येष्ठ नागरिकका सवाललाई प्राथमिकता दिएका छौं : महानगर प्रमुख कोइराला

विराटनगर ५ फागुन । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकहरुका सवालहरुलाई महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, सचेतना लगायतका कार्यक्रम महानगरको प्राथमिकता क्षेत्र भित्र रहेको बताउनुभयो । नेपाल ग्रामीण विकास समाज केन्द्रले विराटनगर महानगरपालिकासँगको सहकार्यमा आज आयोजना गरेको ज्येष्ठ नागरिकका लागि राज्यबाट उपलब्ध सामाजिक सुरक्षा सेवा तथा सुविधाहरुको […]

विकासको नमूना क्षेत्र बनाउने संकल्प सहित जसपा उम्मेदवार यादवद्धारा ३२ बुँदे प्रतिबद्धता सार्वजनिक

विराटनगर ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका मोरङ क्षेत्र नं. ५ का उम्मेदवार राजकुमार यादवले ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । विराटनगर १४ रामजानकी मन्दिरमा पत्रकार सम्मेलन मार्फत खुला प्रचार अभियानको औपचारिक सुरुवात गर्दै उहाँले ६ वटा प्राथमिकता क्षेत्रमा आधारित रहेर ३२ बुँदा सार्वजनिक गर्नु भएको हो । शिक्षा, स्वास्थ्य, रोजगार, […]

मोरङ ४ मा एमालेको चुनावी अभियान तीव्र, २ सय बढी एमालेमा प्रवेश

विराटनगर ४ फागुन । मोरङ क्षेत्र नं. ४ मा नेकपा एमालेको चुनावी अभियानले तीव्रता पाएको छ । गत माघ ६ गते मनोनयन दर्तापछि उम्मेदवार जीवन घिमिरेले घरदैलो, पार्टी कार्यकर्ता भेटघाट शुरु गर्नु भएको थियो । निर्वाचन आयोगले मुख्यप्रचार प्रसार आजदेखि खुला गरेपछि मोरङ ४ मा अभियानले तीव्रता पाएको नेकपा एमाले मोरङक सचिवालय सदस्य तथा क्षेत्रीय […]

उम्मेदवार ढकाल पितृशोकमा, चुनाव प्रचारमा छोरीहरु

विराटनगर ४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मुख्य चुनाव प्रचारप्रसार आजदेखि खुला भएको छ । मुख्य चुनाव प्रचारको समयमा मोरङ ६ का एमाले उम्मेदवार विनोद ढकाल पितृ शोकमा हुनुहुन्छ । उहाँका बुवा विष्णुप्रसाद ढकालको माघ २९ गते १०२ वर्षको उमेरमा निधन भएपछि उम्मेदवार ढकालले अहिले काजक्रियामा हुनुहुन्छ । निर्वाचन प्रचार […]

पार्टी कार्यालय तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गर्न एमाले विराटनगरको माग

विराटनगर ४ फागुन । नेकपा एमाले विराटनगर महानगर कमिटीले निर्वाचन परिचालन कमिटीको कार्यालय तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रशासन समक्ष माग गरेको छ । श्रृखंलाबद्ध रुपमा निर्वाचन परिचालन कमिटीका कार्यालय तोडफोडको विरोधमा आज महानगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै भयरहित वातावरणमा निर्वाचन हुने अवस्था सिर्जना गर्नु सवैको दायित्व […]