कोशी प्रदेशको विकास खर्च ८ अर्ब ५९ करोड

विराटनगर ७ चैत । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्म ८ अर्ब ५९ करोड ३९ लाखभन्दा बढी खर्चिएको छ । प्रदेश सरकारले यो वर्ष चालुतर्फ १८ अर्ब ७० करोड, पुँजीगत १७ अर्ब १४ करोड र वित्तीय १० करोड गरी कुल ३५ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश लेखा नियन्त्रण […]

मोरङ बुढीगंगाका आगलागी पीडितलाई प्रदेश सरकारद्धारा राहत वितरण

विराटनगर ५ चैत । मोरङको बूढीगंगा गाउँपालिका–३ मा बुधबार दिउँसो भएको आगलागीबाट बिस्थापित मुसहर बस्तीमा बिहिवार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत सामाग्री वितरण गरेको छ । आगलागीबाट बस्तीका ११ वटा घर जलेर खरानी भएको थियो । बिस्थापित परिवार अहिले स्थानिय जनता आधारभुत बिद्यालयमा बसिरहेका छन् । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री उमाकान्त […]

अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा मोरङ विजयी

विराटनगर ५ चैत । विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा मोरङले सुनसरीलाई पराजित गरेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङले सुनसरीलाई ५९ रनले पराजित गर्दै ३ खेलको सिरिजमा मोरङले १–० को अग्रता लिएको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभरको खेलमा […]

विराटनगरमा घर प्रदर्शनी हुने

विराटनगर ५ चैत । विराटनगरमा आगामी चैत १२ देखि १६ गते सम्म घर निर्माण प्रदर्शनी हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक घर निर्माण प्रर्दशनी हुने भएको हो । आयोजक उद्योग संगठन मोरङले आज पत्रकार सम्मेलन गरि व्यवसाय देखि व्यवसाय तथा व्यवसाय देखि उपभोक्ता नेटवर्किङलाई प्रर्वद्धन गर्ने उद्देश्यले घर निर्माण प्रर्दशनी […]

कृष्ण प्रणामी मन्दिर सलकपुरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सव हुने

विराटनगर ४ फागुन । मोरङको सुन्दरहरैचा स्थित कृष्ण प्रणामी मन्दिर सलकपुरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने भएको छ । कृष्ण प्रणामी मन्दिर सेवा आश्रमको स्वर्णजयन्तीका अवसरमा सुन्दरहरैचा–९ मा आगामी बैशाख १ गतेदेखि ७ गते सम्म अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने प्रचारप्रसार उपसमितिका संयोजक शिवलाल भट्टराई (शरण)ले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय धार्मिक महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठ […]