विराटनगर ३ कात्तिक । यमपञ्चकको तेश्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा खान दिएर कुकुर तिहार पर्व मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका […]
विराटनगर १ कात्तिक । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । सेवा सुविधा वृद्धिलगायतका माग राख्दै शनिबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । हस्पिटलका नर्स र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको न्यूनतम तलब, सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् । आन्दोलनमा आउनुअघि अस्पताल प्रशासनलाई […]
विराटनगर ३० असोज । जेनजीको आन्दोलनको नाममा अपराधिक समुहले सरकारी,नीजि तथा व्यक्तिगत सम्पत्ति तोडफोड,लुटपाट गर्नेलाई अविलम्व कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज यहाँ आयोजित जेनजी प्रदर्शन पश्चात गठन भएको भदौ २३ र २४ गतेको घटना जाँचवुझ आयोग–२०८२ का सदस्य विज्ञानराज शर्माको उपस्थितिमा जिल्लामा भएको क्षति सम्वन्धमा सरोकारवालाहरुसँग […]
विराटनगर २७ असोज । कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ संशोधन गरि प्रदेशको विशेषता झल्कनेगरिको बनाईने प्रदेशसभा सदस्यहरुले प्रतिबद्धता जनाएका छन् । ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले बताइरहेका समयमा प्रदेशसभा सदस्यहरुले पनि बालबालिकालाई प्राथमिकतामा राखेर योजना बनाईने पनि बताएका छन् । साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले उत्तर विधायीकी परिक्षण बारे […]
विराटनगर २९ असोज । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मोरङ सातौं भएको छ । आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक ( वैशाख–असार) अवधिको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजामा जिल्ला प्रशासन कार्यालय मोरङ २९.२५ अंक प्राप्त गर्दै सातौ हुन सफल भएको हो । मोरङको प्रमुख जिल्ला अधिकारीमा अहिले सहसचिव इन्द्रदेव यादव हुनुहुन्छ । […]