मोरङको ग्रामथानको अध्यक्ष पदका उम्मेदवार विरुद्ध कुनैपनि उजुरी परेन

विराटनगर ३ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाकोे प्रमुख पदका उम्मेदवार विरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । आईतबार भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आज समय तोकिएको थियो । दिउँसो ३ बजेसम्मका लागि तोकिएको समयावधिमा कुनै पनि उजुरी नपरेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । ग्रामथानको प्रमुख पदमा […]

पार्टी सदस्यता लिएको दुई दिनमै अध्यक्षको उम्मेदवार बनाएपछि रास्वपामा असन्तुष्टी

विराटनगर ३ मंसिर । पार्टी सदस्यता लिएको दुई दिनमै अध्यक्षको उम्मेदवार बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टी बढेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउयँपालिकाको अध्यक्ष पदमा रास्वपाबाट ग्रामथान ६ का नविककुमार विश्वासले उम्मेदवारी दिएपछि रास्वपामा असन्तुष्टी बढेको रास्वापा मोरङका एक नेताले बताए । ०८१ कात्तिक ३० गते विश्वासले […]

स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि चार सय १० जनाको मनोयनपत्र दर्ता

विराटनगर ३ मंसिर । आगामी मंसिर १६ गते हुनेस्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४४ पदका लागि चार सय १० जनाको मनोयनपत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । […]

ग्रामथानकाे अध्यक्षमा १६ जनाकाे उम्मेदवारी

विराटनगर २ मंसिर। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ । दल बलसहित पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । दलबाट १५ र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतकाे  कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेदवारी दर्ता गराउनेमा […]

ग्रामथानको अध्यक्षमा तुलसीरामलाई भोट किन ?

विराटनगर ३० कात्तिक । मोरङको ग्रामथानको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत समाजवादीले उम्मेदवार टुङ्ग्याएर प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमालेले पनि प्रचार प्रसारलाई तीव्रता दिएको छ । बुधबारदेखि घरदैलो शुरु गरेको एमालेले ग्रामथानको वडा नं. १ लखन्तरी, वडा नंं […]