पार्टी नेतृत्वले कमी कमजोरी सच्याउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिमा विभिन्न समस्यालाई चिर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ । नेकपा (एमाले ) विराटनगर महानगर कमिटीले बिहीबार विराटनगरमा आयोजना गरेको महानगर भेलामा उहाँले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले जेनजीले […]

एमाले अध्यक्ष ओली सैनिक ब्यारेकबाट फिर्ता

विराटनगर २ असोज । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किनु भएको छ । जेनजी प्रदर्शनका क्रममा उहाँलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आउनु भएको हो । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सर्नुभएको […]

एमाले मोरङले शुरु गर्यो कार्यकर्ता भेटघाट

विराटनगर ३१ असोज । नेकपा एमाले मोरङले जेनजीको आन्दोलन पछि पहिलो पटक सार्वजनिक रुपमा कार्यकर्ता भेलाको कार्यक्रम गरेको छ । जेनजीको आन्दोलनपछि कार्यकर्तामा बढेको निरासालाई शक्तिमा बदल्ने उद्देश्यले कार्यकर्ता भेला आयोजना गरिएको एमाले मोरङले जनाएको छ । नेताहरुलाई अलग्गै मञ्चमा नराखी कार्यकर्ताको आमनेसामने राखेर कार्यकर्ताको सुझाव लिएर नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा एमालेका स्थायी […]

जनादेशका लागि निर्वाचनमा जान दलहरु तयार

विराटनगर ३१ भदौ । प्रतिनिधिसभा विघटनपछि आन्तरिक छलफलमा रहेका दलहरूले निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरण भए जनादेशका लागि जान तयार रहेको बताएका छन् । उनीहरूले घोषित समयमा निर्वाचन हुनुपर्नेमा पनि जोड दिएका छन् । तर यस विषयमा पार्टीबाट निर्णय गर्न भने बाँकी छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर पछिल्लो समय कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी, लोकतान्त्रिक […]

मोरङ एमालेका नेताहरुद्धारा पार्टी परित्याग गर्दै

विराटनगर २४ भदौ । जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट भएको दमन भएको भन्दै मोरङका जनप्रतिनिधि तथा पार्टीका नेताहरुले पार्टी परित्यागको घोषणा शुरु गरेका छन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश कमिटी सदस्य विमला दाहाल घिमिरे, बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले पार्टी […]