विराटनगर, २४ फागुन । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि सुरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । मन्त्रालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र आरक्षण क्षेत्र निर्धारण गर्न आफ्नो दलमा दवाव सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो […]
विराटनगर २४ फागुन । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबै खेलको विकासका लागि महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ । उहाँले खेलकुदका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै मानिसलाई अनुशासित हुन सिकाउने बताउनुभयो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका क्षेत्रमा पनि विराटनगरले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको […]
विराटनगर २४ फागुन । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो । अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो […]
विराटनगर २२ फागुन । झीलकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार विनोद सुवेदी पुरस्कृत भएका छन् । नारदमुनी पवित्रादेवी लुइँटेल स्मृति कोषले आइतबार मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटको सरस्वती माविमा आयोजित कार्यक्रममा झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो । वरिष्ठ पत्रकार शंकर लुइँटेलले आमा झीलकुमारी लुइँटेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारका राशि ११ हजार रुपैयाँ रहेको […]
विराटनगर २१ फागुन । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजनीतिक र पत्रकारीताको माध्यमबाट समाजमा योगदान दिने दुई महिला सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहेका छन् । पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले शुक्रबार एक […]