कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त भएका छन् । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो । कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम उहाँलाई अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय […]

इंग्ल्यान्ड फिफा विश्वकपको सेमीफाइनलमा प्रवेश

विराटनगर २८ असार । बेलिङ्घमले गरेको दुई गोलको मद्दतले इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा आइतबार नर्वेलाई अतिरिक्त समयको खेलमा २–१ ले पराजित गरेको छ र सेमिफाइनलमा प्रवेश गरेको छ । अब अन्तिम चारमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विटजरल्यान्डबीच हुने खेलको विजेताको सामना गर्नेछ । यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । मियामी […]

कोसी प्रदेशका स्रष्टाहरूले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर २७ असार । प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनका विषयलाई लिएर कोसी प्रदेशका स्रष्टाहरूले शुक्रवार कोसी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ‘कोसी साहित्य–कला परिषद् नेपाल’ को अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ‘कोसी साहित्य कला परिषद् नेपाल’ का अध्यक्ष केशु विरही र सचिव नवराज पोखरेल ‘नवशिला’ द्वारा […]

कोशी प्रदेशको बजेट पारित

विराटनगर २४ असार । कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट बुधबार पारित गरेको छ । बजेटका कतिपय प्रावधानप्रति सत्तारुढ दलभित्रै व्यापक असन्तुष्टि देखिएपछि दलहरूले ‘ह्वीप’ जारी गरेका थिए । सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसले बजेट पारित गर्न आफ्ना सांसदहरुलाई ‘ह्वीप […]

कोशी : प्रदेश खेलकुद बोर्डद्वारा १०० बढी खेलकर्मी सम्मानित

विराटनगर २४ असार । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले १०० जना भन्दा बढी खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारहरूलाई सम्मान गरेको छ । आज विराटनगरमा बोर्डले एक कार्यक्रम गर्दै आफ्नो वार्षिक कार्यक्रम अनुरुप विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरू, अग्रज खेलकर्मीहरू र खेलकुद पत्रकारहरू लाई नगदसहित सम्मान गरेको हो […]