मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनगर १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले निर्वाचन प्रक्रियामार्फत एमालेसहित गठबन्धनका चारै दलको जम्मा ८६ मत पाउनु भएको हो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले प्रदेश सभाको ९३ मध्ये ८६ मत प्राप्त गरेका छन्। उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री […]

फोन कलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

विराटनगर ३० असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताउनु भएको छ । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिनुभयो । प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भन्नुभयोे,“प्रहरीले आफ्ना […]

एमाले मोरङले कात्तिक २५ गते शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने

विराटनगर ३० असोज । नेकपा एमाले मोरङले आगामी कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आज विराटनगरको बसेको जिल्ला कमिटीको नवौं पूर्ण बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय पाञ्चालीमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय भएको जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । दशैं, तिहार, […]

मुलुकमा सुशासन कायम गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्छ : राप्रपा नेपाल अध्यक्ष थापा

विराटनगर २९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एक हुनु पर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भ्रष्टाचारप्रति जनताको असन्तुष्ट हटाउन एव विकासको गतिलाई तीव्र बनाउन राष्ट्रवादी शक्ति एक हुनु आवश्यक रहेको धारणा राख्नु भयो । अध्यक्ष थापाले सत्ताकेन्द्रीय […]

स्थायी सरकार बन्यो अब ढुक्क भएर काम गर्नुहोस : मुख्यमन्त्री कार्की

विराटनगर २९ असोज । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने बताउनुभयो । कार्कीले भन्नुभयोे,“अब स्थायी सरकार बनेको छ । तपाइँहरु ढुक्क भए काम […]