विराटनगर १० असोज । विराटनगर महानगरपालिका – ४ स्थित शिरडी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न विधामा सात जना व्यक्तिहरू सम्मानित भएका हुन् ।
शनिबार विराटनगरमा सम्पन्न वार्षिक साधारण सभाको दिन असल ऋणी रिता अधिकारी र कुबेरप्रसाद दाहाल सम्मानित हुनु भएको हो । असल बचतकर्ता बिमला बराल, ज्येष्ठ नागरिक टिकामाया कटवाल दैनिक बचतकर्ता संजय राजवंशी, कर्मचारीद्वय रमिला उप्रेती र ममता माझी सम्मानित हुनु भएको हो ।
संस्थाका अध्यक्ष बलाराम पराजुली, उपाध्यक्ष अर्जुनकुमार भट्टराई, सचिव भूपप्रसाद बास्तोला, तारा फुयाल पराजुली जेष्ठ नागरिक समाजका उपाध्यक्ष गणेश बिमली लेखा सुपरिवेक्षण समिति संयोजक सरोज दाहाल लगायतले सम्मानपत्रले सम्मान गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन बालबालिकाहरु प्रिन्सा दाहाल एलिजा पराजुली अश्विन निरौला सभ्यता बास्तोला आर्य भट्टराई आयुष्मा पोखरेल समीक्षा पराजुली लगायतले बचत बाकस खुत्रुकेमा पैसा जम्मा गरेर उद्घाटन गर्नु भएको थियो । २०६९ साल माघ १७ गते स्थापना भएको शिरडी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा हाल ३७० जना सदस्य रहेको जनाइएको छ । यस सहकारी संस्थाको कार्यक्षेत्र भने विराटनगर महानगरपालिका वडा नम्बर ३, ४ र ५ रहेको जनाइएको छ ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ३ करोड ३९ लाख ७६ हजार ९४९ कुल सम्पत्ति रहेको संस्थाका अध्यक्ष बलराम पराजुलीले जानकारी दिनुभयो । संस्थाको हाल आफ्नै भवन विराटनगर– ४ मा रहेको छ ।
संस्थाले व्यवसायी कर्जा घरायसी कर्जा शैक्षिक कर्जा लगायतमा लगानी गर्ने गरेको जनाइएको छ । सञ्चालन समितिको तर्फबाट अध्यक्ष बलराम पराजुली ले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।