विराटनगर ९ चैत । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिनुभयो । कोशीमा एक हजार […]
विराटनगर ९ चैत । झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुशिला पाठक पुरस्कृत हुनु भएको छ । नारदमुनी–पवित्रादेवी लुईटेल स्मृति कोष अन्तर्गत स्थापना भएको झिलकुमारी स्मृती पत्रकारिता पुरस्कारबाट पाठक पुरस्कृत हुनुभएको हो । कान्तिपुर टिभीमा कर्यरत पाठकलाई आज कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र कोषका संरक्षक पत्रकार शंकर लुईटेलले नगद ११ हजार राशी सहित पुरस्कार […]
विराटनगर ६ चैत ५ । ६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा डिल्ली पोख्रेलको संयोजकत्वमा पाँच सय एक सदस्यीय मुल समारोह समिति गठन भैसकेको […]
विराटनगर ६ चैत । विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण यही चैत दोस्रो सातादेखि आयोजना गरिने भएको छ । प्रतियोगिता चैत १५ गतेदेखि २४ गतेसम्म विराटनगरको सहिद रंगशालामा सञ्चालन हुने छ । यसवर्षदेखि प्रतियोगिता विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गर्ने छ । विगतमा बाहिरका व्यक्तिलाई संयोजक तोकेर गोल्डकप आयोजना गर्ने गरिएको थियो । […]
विराटनगर ५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेको सामाजिक विभेद हटाउन हामीसबै लाग्नु पर्ने बताउनु भएको छ । मानव अधिकारको लागि स्रोत विकास मञ्च नेपाल(रिडेप)द्वारा आज विराटनगरमा आयोजित ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजित दुई दिने दलित जनप्रतिनिधिहरुको तेस्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको […]