विराटनगर १० वैशाख । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब सिराहलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । जितसँगै प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टिम […]
विराटनगर १० वैशाख । नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ (विराटनगर) लाई चयन गरिएको छ । विराटनगर आईतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो । समितिको सहसंयोजकमा वावुराम पोखरेल (विराटनगर), सचिवमा लक्ष्मी पोखरेल (विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा (पाँचथर) र सदस्यहरुमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ […]
विराटनगर, ९ वैशाख । कोशी प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ । कोशी प्रदेश सभा सचिवालयको सभाहलमा आयोजित कार्यक्रममा सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम शपथ ग्रहण गराउनु भएको हो । सचिव पराजुलीको प्रदेश सभा सचिव पदमा २०८१ वैशाख ८ गते पाँच वर्ष […]
विराटनगर ९ वैशाख । विराटनगर स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गरेको आरोपमा विगत ९ महिनामा १९ वटा मुद्दा दायर गरेको छ । आइतबार विराटनगरमा आयोजित तेश्रो त्रैमासिक समिक्षा गोष्ठीमा सो कार्यालयले गरेका कार्यहरु र प्रगति विवरण सार्वजनि गरेको छ । यसै क्रममा सो कार्यालयले विराटनगर […]
विराटनगर ९ वैशाख । सुनसरी इटहरीका सबै विद्यालयका विद्यार्थीको पोशाक एकैथरी बनाउने उपमहानगरपालिकाको निर्णय निजी विद्यालयले अवज्ञा गरेका छन् । कार्यपालिकाका बहुमत सदस्य, राजनीतिक दल र प्रवुद्ध वर्गको साथ सहयोग रहेको भन्दै निजी विद्यालयको प्रतिनिधिमूलक संगठनहरुले विद्यालयको पोशाकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न निजी विद्यालयहरुलाई आग्रह गरेका छन् । इटहरी उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि सरकारी र निजी […]